श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो

खाने, बस्ने र महाशिवरात्रिका दिन आउने दर्शनार्थीलाई प्रसाद ग्रहणको व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर। महाशिवरात्रि पर्वका अवसरमा आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुला गरेर पूजा एवं दर्शनको व्यवस्था गरिएको छ।

सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले आज बिहान ४ः०० बजेदेखि मन्दिरको चारै ढोका खुला गरेर मन्दिरभित्र प्रवेश गरी महादेवको शिलामै पूजा गर्ने व्यवस्था गरिएको बताए।

महाशिवरात्रिको दिन भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको बताउँदै उनले सहजताका लागि स्वयंसेवक परिचलन, सुरक्षाका लागि सुरक्षाकर्मीको व्यवस्था र स्वास्थ्य शिविरको आयोजना गरिएको बताए। महाशिवरात्रिको मेला भर्न आउने सम्पूर्ण भक्तजनलाई प्रसादीको व्यवस्था गरिएको उनले जानकारी दिए। शिवरात्रि पर्वका लागि डोलेश्वर आउने साधु सन्त र बाबामध्ये ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा, कम्बल र धोती दिएर बिदाइ गर्ने व्यवस्था गरेको उनले बताए।

मन्दिरभित्र प्रवेश गरेर गर्भगृहमै पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएकाले पनि आजका दिन एक लाख दर्शनार्थीले मन्दिरको पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएका जानकारी दिए। उनले लाइन बसेको आधा घण्टामा पूजा गर्नेगरी व्यवस्थापन गरिएको र स्वयंसेवक परिचालन गरिएको बताए।

शिवरात्रीका लागि यस वर्ष भारतलगायत नेपालका विभिन्न ठाउँबाट करिब ४०० जना साधुसन्त एवं बाबाहरू आएको जानकारी दिँदै समितिका अध्यक्ष धर्मराज बस्नेतले डोलेश्वरमा उनीहरूलाई खाने, बस्ने र महाशिवरात्रिका दिन आउने दर्शनार्थीलाई प्रसाद ग्रहणको व्यवस्था गरिएको जानकारी दिए।

त्यसैगरी, महाशिवरात्रिका अवसरमा आज सिपाडोलकै प्रसिद्ध आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ। मनले चिताएको आशा पूरा गर्ने जनविश्वास रहेको आशापुरी महादेवमा मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको सूर्यविनायक नगरपालिका-८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए।

त्यस्तै, सूर्यविनायक-१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं ५ स्थित अनन्तलिङ्गेश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नं १० चित्तपोल साँगास्थित अग्लो महादेवका रूपमा परिचित कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।

त्यसैगरी, चाँगुनारायण नगरपालिका-५ छालिङ गोकुलधामस्थित श्रीकृष्ण वर्तेश्वर महादेव मन्दिर, नगरकोटको रत्नचुडेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको बिहानैदेखि भीड लागेको र ती मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार
२०८३ श्रावण २९, शुक्रबार
धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड
२०८३ श्रावण २९, शुक्रबार
गण्डकीका नौ जिल्लामा डेङ्गी फैलियो
२०८३ श्रावण २९, शुक्रबार
आज शुक्रबारका लागि कति तोकियो विदेशी मुद्राको विनिमयदर ? हेर्नुहोस्
२०८३ श्रावण २९, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर तेस्रो साता
२०८३ श्रावण २९, शुक्रबार
किशोर श्रेष्ठको गिरफ्तारीप्रति विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहाइको माग
२०८३ श्रावण २८, बिहिबार
लघुवित्त पीडितसँग सरकारको ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित
२०८३ श्रावण २८, बिहिबार