असोज २९, २०८३ बिहिबार October 15, 2026

हिउँदे वर्षात नहुँदा किसान चिन्तित

हिउँदेबाली पानी अभावमा सुक्न थालेपछी किशान चिन्तित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भोजपुर । हिउँदे वर्षात नहुँदा यहाँका किसान चिन्तित भएका छन् । गहुँ, जौ, आलु, तोरीलगायत बालीमा आवश्यक चिस्यान नपुग्दा बाली सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

भोजपुर नगरपालिका– ५ का बेनीबहादुर विष्टले आकाशे पानीमा निर्भर बाली जोगाउन समस्या भएको गुनासो गर्नुभयो । “आशा गरेर रोपिएको बाली पानी नपाएर सुक्न थालेको छ,” उहाँले भन्नुभयो “अब पनि पानी नपरे नोक्सानी हुने डर छ । हिउँदेबाली पानी अभावमा सुक्न थालेको अवस्था छ । ”

खेतीका लागि सिँचाइको पर्याप्त व्यवस्था नहुँदा समस्या थप जटिल बनेको छ । खोलानाला सुक्दै जानु र भूमिगत पानीको सतह घट्नुले सिँचाइ गर्न कठिनाइ भइरहेको किसान बताउँछन् । यस वर्ष समयमै पानी नपरे हिउँदे बालीको उत्पादन घट्ने किसानको भनाइ छ ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार खडेरीको असर जिल्लाभर देखिन थालेको छ । केन्द्रका प्राविधिकहरूले सम्भव भएसम्म वैकल्पिक सिँचाइ व्यवस्था अपनाउन र माटोमा चिस्यान जोगाउने उपाय अपनाउन किसानलाई सुझाव दिएका छन् । लामो खडेरीले हिउँदेबाली मात्र होइन, आगामी कृषिजन्य उत्पादन र किसानको जीवनस्तरमा समेत असर पार्ने चिन्ता बढ्दै गएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Paudel Invited as Chief Guest for 54th Lions ISAME Area Forum in Nepal
२०८३ असोज २९, बिहिबार
लायन्सको ५४औँ ISAME फोरमको प्रमुख अतिथिका लागि राष्ट्रपति पौडेललाई निमन्त्रणा
२०८३ असोज २९, बिहिबार
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
२०८३ असोज २९, बिहिबार
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केसी सर्वाधिक मतसहित विजयी, अरु को-को भए निर्वाचित?
२०८३ असोज २९, बिहिबार
विदेशमा रहेका नेपालीले पठाए २ महिनामै ४ खर्ब ३६ अर्ब रुपैयाँ
२०८३ असोज २९, बिहिबार
रेडक्रसले बाढी प्रभावितका लागि २ हजार घर बनाउने
२०८३ असोज २९, बिहिबार
रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण
२०८३ असोज २९, बिहिबार