काठमाडौंः नेपाली बजारमा सुनको मूल्य आज (मंगलबार) तोलामा १ हजार ७०० रुपैयाँले घटेको छ।
सुनको आजको मूल्य ९५ हजार ५०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साेमबार तोलाको ९७ हजार २०० मा काराेबार भएकाे थियो नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएपछि भाउ घटेको महासंघले जनाएको छ।
आज चाँदीको मूल्य भने १२ सय ३० रुपैयामा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया