असोज २९, २०८३ बिहिबार October 15, 2026

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

मृतक ओली गोदावरीमा विवाहमा सहभागी भएर धनगढीतर्फ फर्किदै गरेको अवस्थामा दुर्घटना भएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुदूरपश्चिम, ९ फागुनः धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर घाइते भएका तीन जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया)ले मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा मृत्यु भएको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत्यु हुनेमा सुप प्र०१/०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओली रहेको बताउनुभयो । सोही मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका–६ लालपुरका २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका र उहाँको उपचार जारी रहेको छ ।

यस्तै, सुप प्र०१/००९प७७८१ नम्बरको मोटरसाइकलका चालक गोदावरी नगरपालिका–१ का अन्दाजी २६ वर्षीय योगेन्द्र शाह र पछाडि बस्ने अन्दाजी २३ वर्षीय हरिश पार्कीको मृत्यु भएको छ ।

प्रहरी नायब उपरीक्षक चन्दले भन्नुभयो, “प्रतिघन्टा १०० किलोमिटरभन्दा बढीको गतिमा मोटरसाइकल चलाइएको घटनास्थलको प्रकृतिले देखिएको छ, पाङ्ग्रासहितका पाटपुर्जा उछिट्टिएका छन् । योगेन्द्र शाह यसअघि पनि दुई पटक मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए ।”

मृतक ओली गोदावरीमा विवाहमा सहभागी भएर धनगढीतर्फ फर्किदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Paudel Invited as Chief Guest for 54th Lions ISAME Area Forum in Nepal
२०८३ असोज २९, बिहिबार
लायन्सको ५४औँ ISAME फोरमको प्रमुख अतिथिका लागि राष्ट्रपति पौडेललाई निमन्त्रणा
२०८३ असोज २९, बिहिबार
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
२०८३ असोज २९, बिहिबार
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केसी सर्वाधिक मतसहित विजयी, अरु को-को भए निर्वाचित?
२०८३ असोज २९, बिहिबार
विदेशमा रहेका नेपालीले पठाए २ महिनामै ४ खर्ब ३६ अर्ब रुपैयाँ
२०८३ असोज २९, बिहिबार
रेडक्रसले बाढी प्रभावितका लागि २ हजार घर बनाउने
२०८३ असोज २९, बिहिबार
रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण
२०८३ असोज २९, बिहिबार