कार्तिक २८, २०८३ शनिबार November 14, 2026

माध्यमिक परिक्रमाको सातौँदिन : यात्री ध्रुवकुण्ड पुग्दै

ध्रुवकुण्डको रात्रिबासपछि भोलि यात्री आठौँ दिनको विश्रामका लागि कञ्चनवन प्रस्थान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

महोत्तरी, १० फागुन : पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज सातौँ दिन ध्रुवकुण्ड पुग्दैछन् । गत बिहीबार यात्राको चौथो दिन मटिहानीबाट महोत्तरी प्रवेश गरेका यात्री मटिहानी, जलेश्वर र मडैको रात्रिबास सकेर आज सातौँ दिन बलवा नगरपालिका–९ स्थित ध्रुवकुण्ड पुग्दैछन् । अहिले ध्रुवकुण्डदेखि मडैसम्मै यात्रीको अटुट पङ्क्ति देखिँदो छ । आज मध्याह्नअघि सबै यात्री ध्रुवकुण्ड आइपुग्ने छन् ।

ध्रुवकुण्ड अघि सत्ययुगमा राजा उत्तानापादका छोरा राजकुमार ध्रुवले कठोर तपस्या गरेका ठाउँ मानिन्छ । हिन्दू धर्मग्रन्थहरूले ध्रुवलाई भगवान् विष्णुका २४ अवतारमध्ये एक मानिदा यो ठाउँ धार्मिक आस्थाको केन्द्र बनेको छ । यात्रीसँगै मिथिलाविहारी श्रीराम र श्री किशोरीजी (सीताजी)का प्रतिमा राखिएका डोली विश्रामस्थल आइपुगेपछि डोलाको दर्शन गर्न श्रद्धालु जम्मा हुन्छन् । प्रत्येक विश्रामस्थलमा भजनकीर्तनको परम्परा छ भने धार्मिक मेला लाग्ने गर्छ ।

ध्रुवकुण्डको रात्रिबासपछि भोलि यात्री आठौँ दिनको विश्रामका लागि कञ्चनवन प्रस्थान गर्नेछन् । कञ्चनवन यात्राको महोत्तरीमा पर्ने अन्तिम विश्रामस्थल हो । यहाँबाट नवौँ दिन यात्री धनुषातिर प्रस्थान गर्नेछन् । यो यात्रा प्राचीन मिथिलाको राजधानी जनकपुरलाई मध्य केन्द्र बनाई १३३ किलोमिटर बृत्तमा गरिन्छ । यस यात्राका १५ रात्रि विश्रामस्थलमा महोत्तरीमा पाँच, धनुषामा छ र मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार छन् ।

फागुन औँसीका दिन प्रारम्भ भई पूर्णिमासम्मको यो यात्राको ध्येय मानव कल्याण रहेको बताइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार