भाद्र ९, २०८३ मंगलबार August 25, 2026

चार जनालाई नइ प्रज्ञा पुरस्कार प्रदान गर्ने निर्णय

जनही ५०/५० हजार रुपियाँसहित उक्त पुरस्कारबाट विभूषित गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, फागुन १२ गते । नइ एकेडेमीले चार जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ। नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

महासमालोचक वासुदेव त्रिपाठी, शिवगोपाल रिसाल, चूडामणि बन्धु र दयाराम श्रेष्ठ लाई जनही ५०/५० हजार रुपियाँसहित उक्त पुरस्कारबाट विभूषित गर्ने निर्णय गरेको नइ एकेडेमीका सदस्यसचिव नरेन्द्र पसाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्रिभुवन विश्वविद्यालयमा पठनपाठन, अनुसन्धान र सिर्जनाका माध्यमबाट नेपाली भाषासाहित्यको श्रीवृद्धिमा ऐतिहासिक एवम् कालजयी योगदानका लागि उहाँलाई सो पुरस्कार समर्पण गर्न लागिएको हो ।

नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनको उचाइ अभिवृद्धिमा समेत उहाँहरूको विशिष्ट भूमिका रहेको छ ।

महासमालोक प्रा.त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा नइ एकेडेमीले २०८२ साल चैत २७, २८ र २९ गते नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनमा उक्त पुरस्कार प्रदान गरिने उहाँको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार