असोज २९, २०८३ बिहिबार October 15, 2026

गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

७०० मतदाता रहेको सिटीहल मतदानस्थलमा दुई मतदान केन्द्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गोरखा । मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदानस्थलमा रहेको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई दिएको छ । गोरखा नगरपालिका-७ नयाँ बजारमा रहेको सिटीहल मतदानस्थलमा रहेका दुईमध्य मतदान केन्द्र ‘क’ लाई ‘मोडलबुथ’ का रूपमा सञ्चालन गर्न मतदान अधिकृतदेखि सबै कर्मचारी र सुरक्षाकर्मी, स्वयंसेवक महिला मात्र खटाइएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७०० मतदाता रहेको सिटीहल मतदानस्थलमा दुई मतदान केन्द्र छन् । सो केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक तथा सहयोगी कर्मचारी महिला राखिएको जनाउँदै मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले महिला नेतृत्वले शान्तिपूर्ण वातावरणमा सफलतापूर्वक निर्वाछन सम्पन्न गराउने विश्वास व्यक्त गरे ।

उनका अनुसार यस मतदान केन्द्रमा प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य प्रशासक सिम्रन काफ्लेको नेतृत्वमा छ जना महिला कर्मचारी खटाइएको छ ।यहाँ सहायक मतदान अधिकृत गोरखा जिल्ला अदालतकी नायब सुब्बा देवीकुमारी शर्मा, सहायक कर्मचारीमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाकी महिला विकास निरीक्षक इन्दिरा बराल, सहिद लखन गाउँपालिकाकी सामाजिक परिचालक सुनिता थापा, ढुङ्गागाढे आधारभूत विद्यालयकी शिक्षक विनु विक रहेका मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।

उनका अनुसार सहयोगी कर्मचारीमा जिल्ला सरकारी वकिल कार्यालयकी कार्यालय सहायक शान्ता थापा रहेकी छन् ।सो मतदान केन्द्रमा महिला प्रहरी सहायक निरीक्षकको कमाण्डमा सुरक्षाकर्मी र निर्वाचन प्रहरी पनि महिला परिचालन गरिने प्रहरी उपरीक्षक भरत विकले जानकारी दिए । महिला नेतृत्वको सवलीकरणलाई प्रोत्साहन गर्न जिल्लाभरका ३३३ मतदान केन्द्रमध्ये एउटालाई नमूना मतदान केन्द्रका रूपमा सञ्चालन गर्ने नीति बनाइएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए ।

दुई वटा निर्वाचन क्षेत्र रहेको गोरखामा २२५ मतदानस्थलमा स्थायी ३३१ र अस्थायी दुई गरी ३३३ मतदान केन्द्र छन् । एउटा मतदान केन्द्रमा कम्तीमा ६ जना कर्मचारीका दरले एक हजार ९९२ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयले सोमबार र मङ्गलबार ६६६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Paudel Invited as Chief Guest for 54th Lions ISAME Area Forum in Nepal
२०८३ असोज २९, बिहिबार
लायन्सको ५४औँ ISAME फोरमको प्रमुख अतिथिका लागि राष्ट्रपति पौडेललाई निमन्त्रणा
२०८३ असोज २९, बिहिबार
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
२०८३ असोज २९, बिहिबार
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केसी सर्वाधिक मतसहित विजयी, अरु को-को भए निर्वाचित?
२०८३ असोज २९, बिहिबार
विदेशमा रहेका नेपालीले पठाए २ महिनामै ४ खर्ब ३६ अर्ब रुपैयाँ
२०८३ असोज २९, बिहिबार
रेडक्रसले बाढी प्रभावितका लागि २ हजार घर बनाउने
२०८३ असोज २९, बिहिबार
रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण
२०८३ असोज २९, बिहिबार