असोज २९, २०८३ बिहिबार October 15, 2026

सीमा क्षेत्रका मतदानस्थलको निरीक्षण

निर्वाचन अवधिभर उच्च सतर्कता अपनाइने र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इनरुवा (सुनसरी), १४ फागुनः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर सीमा क्षेत्रमा रहेका मतदान स्थलको अनुगमन गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले कोशी प्रदेश तथा सुनसरी जिल्लाअन्तर्गतका सुरक्षा निकायले संयुक्त रूपमा बुधबार मतदानस्थलको अनुगमन सुरु गरेका हुन् ।

निर्वाचन नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिले जिल्लाका विभिन्न मतदान केन्द्र पुगेर सुरक्षा अबस्थाको स्थलगत निरीक्षण गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकरी वासुदेव घिमिरेले जानकारी दिनुभययो ।

नेपाल–भारतसँग सीमा जोडिएको सुनसरीको बर्जु, देवागन्ज, हरिनगर र कोसी गाउँपालिकामा रहेका मतदानस्थलको निरीक्षण अनुगमन गरिएको उहाँले बताउनुभयो । मतदान केन्द्रको भौतिक संरचना, संवेदनशील क्षेत्रको पहिचान, भीड व्यवस्थापन योजना तथा आपत्कालीन अबस्था अवस्थाबारे जानकारी लिनका लागि अनुगमन निरीक्षण गरिएको प्रजिअ घिमिरेले बताउनुभयो । निर्वाचन अवधिभर उच्च सतर्कता अपनाइने र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिने सुनसरीका सुरक्षा अधिकारीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीसँग समन्वय गर्दै सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको बताउँदै निश्चिन्त भएर मतदान प्रक्रियामा सहभागी हुन आम मतदातालाई सुनसरीका प्रहरी उपरीक्षक केशबकुमार थेबेले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Paudel Invited as Chief Guest for 54th Lions ISAME Area Forum in Nepal
२०८३ असोज २९, बिहिबार
लायन्सको ५४औँ ISAME फोरमको प्रमुख अतिथिका लागि राष्ट्रपति पौडेललाई निमन्त्रणा
२०८३ असोज २९, बिहिबार
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
२०८३ असोज २९, बिहिबार
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केसी सर्वाधिक मतसहित विजयी, अरु को-को भए निर्वाचित?
२०८३ असोज २९, बिहिबार
विदेशमा रहेका नेपालीले पठाए २ महिनामै ४ खर्ब ३६ अर्ब रुपैयाँ
२०८३ असोज २९, बिहिबार
रेडक्रसले बाढी प्रभावितका लागि २ हजार घर बनाउने
२०८३ असोज २९, बिहिबार
रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण
२०८३ असोज २९, बिहिबार