असोज २९, २०८३ बिहिबार October 15, 2026

निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार

आम्दानी तथा यात्रु सङ्ख्या दुवैमा वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १४ फागुन । नेपाल वायुसेवा निगमको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको आम्दानी र यात्रु सङ्ख्या गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा उल्लेखनीय प्रगति हासिल गरेको तथ्याङ्कले देखाएको छ ।

उक्त अवधिमा निगमको कुल आम्दानी करिब सात प्रतिशतले वृद्धि भएको छभने यात्रु सङ्ख्या करिब १८ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । उपलब्ध जहाजहरूको अधिकतम उपयोग गर्दै विभिन्न गन्तव्यमा नियमित र प्रभावकारी उडान सञ्चालन गरिएकाले आम्दानी तथा यात्रु सङ्ख्या दुवैमा वृद्धि भएको निमगले जनाएको छ ।

जनवरीदेखि मार्चसम्मको अवधिमा निगमका अधिकांश उडानहरू उच्च यात्रुसहित उडान भरिरहेका छन् । निगमले आगामी दिनमा सेवा विस्तार तथा बजार व्यवस्थापनलाई अझ सुदृढ गर्दै वृद्धि दरलाई निरन्तरता दिने लक्ष्य लिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Paudel Invited as Chief Guest for 54th Lions ISAME Area Forum in Nepal
२०८३ असोज २९, बिहिबार
लायन्सको ५४औँ ISAME फोरमको प्रमुख अतिथिका लागि राष्ट्रपति पौडेललाई निमन्त्रणा
२०८३ असोज २९, बिहिबार
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
२०८३ असोज २९, बिहिबार
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केसी सर्वाधिक मतसहित विजयी, अरु को-को भए निर्वाचित?
२०८३ असोज २९, बिहिबार
विदेशमा रहेका नेपालीले पठाए २ महिनामै ४ खर्ब ३६ अर्ब रुपैयाँ
२०८३ असोज २९, बिहिबार
रेडक्रसले बाढी प्रभावितका लागि २ हजार घर बनाउने
२०८३ असोज २९, बिहिबार
रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण
२०८३ असोज २९, बिहिबार