फागुण १८, २०८२ सोमबार March 2, 2026

गृह मन्त्रालयद्धारा आसन्न निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा घोषणा

देशभर लागू हुने गरी सार्वजनिक बिदासम्बन्धी औपचारिक सूचना जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। आगामी निर्वाचनलाई मध्यनजर गर्दै गृह मन्त्रालय ले फागुन २०, २१ र २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै उक्त निर्णय कार्यान्वयनमा ल्याइएको जनाएको हो।

यसअघि निर्वाचन आयोग ले निर्वाचनको व्यवस्थापन तथा मतदाताको सहभागिता सहज बनाउन तीन दिन बिदा दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लाई सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयसँगै गृह मन्त्रालयले देशभर लागू हुने गरी सार्वजनिक बिदासम्बन्धी औपचारिक सूचना प्रकाशित गरेको जनाएको छ।

सरकारले शान्तिपूर्ण र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले आवश्यक प्रशासनिक तथा सुरक्षा तयारीसमेत अघि बढाइएको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया