श्रावण २०, २०८३ बुधबार August 5, 2026

‘नेपाली कांग्रेस नयाँ सोच र सङ्कल्पसहित अघि बढेको छ’

“राष्ट्रियताको जग हल्लिएको बेला त्यस धरातलमा रोपिएको लोकतन्त्रको बिरुवा फस्टाउन सक्दैन भन्ने कुरामा नेपाली कांग्रेस स्पष्ट छ ।”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धरान (सुनसरी), १८ फागुनः नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेस नयाँ सोच र संकल्पसहित अघि बढेको बताउनुभएको छ ।

आज धरानमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले विशेष महाधिवेशनपछि पार्टी वैचारिक रूपमा रूपान्तरणको दिशामा अघि बढेको बताउनुभयो । “नेपाली कांग्रेस प्रश्नहरूको चाङ बोकेर होइन, अवसरहरू बोकेर अघि बढेको छ”, उहाँले भन्नुभयो, “राष्ट्रियताको जग हल्लिएको बेला त्यस धरातलमा रोपिएको लोकतन्त्रको बिरुवा फस्टाउन सक्दैन भन्ने कुरामा नेपाली कांग्रेस स्पष्ट छ ।”

मुलुक सङ्कटमा पर्दा नेपाली कांग्रेसले बारम्बार चुनौती भोग्दै आएको उल्लेख गर्दै पार्टीले जिम्मेवार अभिभावकको भूमिकामा रहँदै ती चुनौतीलाई सामना गर्दै आएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया