श्रावण ३१, २०८३ आइतबार August 16, 2026

ईपीएस भाषा परीक्षाको आवेदन दिने आज अन्तिम दिन

अनलाइन आवेदनका कारण अन्तिम दिनसम्म आवेदक संख्या करिब ७५ हजार पुग्ने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको रोजगारीका लागि सन् २०२६ को भाषा परीक्षामा ७ हजार २ सय नेपाली छनोट गर्न आवेदन खुला गरिएकोमा मंगलबार रातिसम्म ६८ हजार ५५८ भन्दा बढी आवेदन परेको छ।

ईपीएस शाखाका अनुसार उत्पादन, कृषि तथा पशुपालन, सेवा र वनपैदावार क्षेत्रमा कामदार छनोटका लागि आवेदन माग गरिएको हो। अनलाइन आवेदनका कारण अन्तिम दिनसम्म आवेदक संख्या करिब ७५ हजार पुग्ने अनुमान गरिएको छ।

हाल उत्पादन, कृषि तथा पशुपालन र सीबीटी (कोरिया रिटर्न) तर्फ गरी करिब ९ हजार ६ सय नेपाली प्रतीक्षासूचीमा रहेका छन्। उनीहरूमध्ये अधिकांश यसै वर्ष कोरिया जान सक्ने अपेक्षासहित नयाँ भाषा परीक्षाको आवेदन माग गरिएको शाखाले जनाएको छ।

कोरियाले यस वर्ष अझै दुई चरणमा थप कामदार माग गर्ने तयारी गरिरहेको र आगामी भाषा परीक्षा दशैँअघि वा लगत्तै हुन सक्ने अनुमान गरिएको छ। दक्षिण कोरियाले सन् २०२६ का लागि न्यूनतम पारिश्रमिक बढाएर प्रतिघण्टा १० हजार ३ सय २० वन कायम गरेपछि नेपाली युवामाझ कोरिया रोजगारीको आकर्षण थप बढेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार