श्रावण ३१, २०८३ आइतबार August 16, 2026

फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

उद्धार गरिएकामध्ये एल पोर्भेनिर र लास लाजितास बस्तीका करिब २५० जना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ग्वाटेमाला सिटी। मध्य अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एक फुएगोमा भएको विस्फोटपछि ग्वाटेमालाले उच्च सतर्कता अपनाउँदै जोखिमयुक्त क्षेत्रका सयौँ बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ । ज्वालामुखीबाट निस्किएको लावा, पाइरोक्लास्टिक बहाव, ग्यास र खरानीका कारण थप बस्ती खाली गराउने तयारीसमेत भइरहेको अधिकारीहरूले जनाएका छन् ।

Evacuees rest at a shelter after fleeing their village following the eruption of Fuego volcano in Alotenango, Guatemala, early on Tuesday.ग्वाटेमालाको विपद् व्यवस्थापन निकाय कनरडका अनुसार जोखिम क्षेत्रमा रहेका आठ गाउँबाट हालसम्म ६५९ जनालाई उद्धार गरी नजिकैका आश्रयस्थलमा राखिएको छ । कार्यकारी सचिव क्लाउडिन ओगाल्डेसले अवस्था निरन्तर निगरानीमा रहेको बताउँदै दिनभरि करिब १० समुदायसम्मका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउन सक्ने जानकारी दिनुभयो ।

कनरडका अनुसार उद्धार गरिएकामध्ये एल पोर्भेनिर र लास लाजितास बस्तीका करिब २५० जना पनि छन् । ज्वालामुखीबाट निस्किएको खरानी आसपासका सहरसम्म फैलिन सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ ।

सोमबार बिहान सुरु भएको विस्फोटका क्रममा ज्वालामुखीको ढलानबाट लावा र अत्यन्त तातो पाइरोक्लास्टिक पदार्थ बगेको तथा माथितर्फ ग्यास र खरानीको बाक्लो मुस्लो उडेको दृश्य सार्वजनिक भएका छन् ।

सुरक्षाका दृष्टिले ज्वालामुखी नजिकैबाट जाने प्रमुख राष्ट्रिय राजमार्ग–१४ बन्द गरिएको छ भने शिक्षा मन्त्रालयले आसपासका सहरका विद्यालयमा पठनपाठन स्थगित गरेको जनाएको छ ।

फुएगो ज्वालामुखी यसअघि सन् २०१८ मा पनि विनाशकारी रूपमा विस्फोट हुँदा सयौँ मानिसको ज्यान गएको थियो, धेरै गाउँ पूर्ण रूपमा ध्वस्त भएका थिए र करिब १७ लाख मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका थिए । गत वर्ष जुन महिनामा भएको अर्को विस्फोटका बेला पनि पूर्वसावधानीस्वरूप स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार