फागुण १८, २०८२ सोमबार March 2, 2026

नेपाली कांग्रेसद्वारा मध्यपूर्व प्रभावित नेपालीका लागि ‘हेल्प डेस्क’ सञ्चालन

मध्यपूर्वमा विकसित समस्यामा परेका नेपालीलाई सघाउन कांग्रेसले खोल्यो ‘हेल्प डेक्स’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो अस्थिर अवस्थाका कारण विभिन्न देशमा रहेका नेपाली नागरिक प्रभावित भएको जनाउँदै नेपाली कांग्रेसले समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्न ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको जनाएको छ।

पार्टी सभापति गगनकुमार थापाले जानकारी दिँदै राहत, स्थानान्तरण तथा आकस्मिक उद्धार आवश्यक परेका नेपालीहरूलाई समन्वयमार्फत सहयोग पुर्‍याउन यो व्यवस्था गरिएको बताएका छन्। उनका अनुसार कतिपय नेपालीहरू परिवारसँग सम्पर्कविहीन अवस्थामा रहेका छन् भने केहीलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था देखिएको छ।

नेपालबाट उड्ने विभिन्न अन्तर्राष्ट्रिय उडानहरू रद्द भएपछि विदेश जाने वा फर्किने क्रममा रहेका थुप्रै नेपालीहरू प्रभावित भएका छन्। सरकारले आफ्नो तवरबाट कूटनीतिक तथा प्रशासनिक पहल गरिरहेको उल्लेख गर्दै कांग्रेसले पनि समन्वयात्मक भूमिका निर्वाह गरिरहेको जनाएको छ।

सम्बन्धित देशहरूमा रहेका नेपाली जनसम्पर्क समिति तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिहरूले ‘हेल्प डेस्क’मार्फत आवश्यक सहजीकरण गरिरहेको जानकारी दिइएको छ।

यस्तै, उडान अवरुद्ध भई काठमाडौँमा रोकिएका नेपालीहरूलाई गृह जिल्ला वा घरसम्म पुग्न आवश्यक यातायात व्यवस्थासमेत मिलाइएको सभापति थापाले बताएका छन्।

आवश्यक सहयोग वा समन्वयका लागि ह्वाट्सएपमार्फत सम्पर्क गर्न सकिने व्यवस्था गरिएको जनाएको छ।

सम्पर्क विवरणहरू:

नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालय सम्पर्क कृष्णप्रसाद दुलाल – (९८५२०५४०८१)

सम्पर्क व्यक्ति- सुदिप ढुङ्गाना- (९८४००४०७१७)

काठमाडौँ बाहिर जान यातायातको लागि: भरतप्रसाद अर्याल (९८४९८८४३७२)

बहराइन: शेरबहादुर रावत (+९७३३९०१६३९३)/पदमसुन्दर गुरुङ (+९७३६६९०७०९४)

कतार: मोहम्मद अजिज (+९७४५५२३५९२१)/राज रेग्मी (+९७४६६६८२०६७)

यूएई: भुवानी प्र. तिमल्सिना (००९७१५०७९५१०१९) / रमेश श्रेष्ठ (+९७१५०३९८०४९९)

इजरायल: खगेश्वर अधिकारी – (+९७२५४२८५९४७६)/राजेन्द्र उप्रेती (+९७२५३७८२५३७८२७६१९)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया