फागुण १८, २०८२ सोमबार March 2, 2026

जसपाका केन्द्रीय सदस्यसहित केही नेताहरू नेकपामा प्रवेश

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक रूपमा पार्टीमा स्वागत गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)का केन्द्रीय सदस्यसहित केही नेताहरूले पार्टी परित्याग गरेका छन्। निर्वाचन नजिकिँदै गर्दा उनीहरूले पार्टी छाडेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोजेका हुन्।

पार्टी परित्याग गर्नेहरूमा जसपा नेपालका केन्द्रीय सदस्य सुमन खड्का, बागमती प्रदेश सदस्य सोवित कुमार महर्जन तथा ललितपुरको महालक्ष्मी नगरपालिका–६ का वडा सदस्य सुरेन्द्र महर्जन रहेका छन्। उनीहरूलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन्।

नेकपा प्रवेश कार्यक्रमका क्रममा प्रचण्डले देशको वर्तमान राजनीतिक परिस्थिति र आगामी निर्वाचनलाई ध्यानमा राख्दै वाम शक्तिहरूबीच एकता र सुदृढ संगठन आवश्यक रहेको बताए। उनले नयाँ प्रवेश गर्ने नेताहरूको अनुभव र सक्रियताले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

यता, जसपा नेपालबाट नेताहरूको बहिर्गमन निर्वाचनको तीन दिनअघि भएकोले यसले सम्बन्धित क्षेत्रमा राजनीतिक समीकरणमा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ। स्थानीय तहदेखि प्रदेश र संघीय राजनीतिसम्म यसको असर देखिन सक्ने आकलन राजनीतिक वृत्तमा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया