असोज २८, २०८३ बुधबार October 14, 2026

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजनाखानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

सबै योजनाहरूका लागि पुँजीगततर्फ रु ११ करोड ६८ लाख बजेट विनियोजन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी, २० फागुन : म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ३४ वटा खानेपानी, चारवटा नदी नियन्त्रण, २९ वटा नदी नियन्त्रण, विपद्का चार र ऊर्जातर्फ दुईवटा योजना कार्यान्वयनमा ल्याएको हो ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले ४३ वटा योजनाको ठेक्का लगाएको र बाँकी योजना ठेक्का प्रक्रियामा रहेका जानकारी दिनुभयो । “प्रदेश सरकारको निर्देशनअनुसार यस वर्ष सबै योजना ठेक्का प्रतिस्पर्धाबाट कार्यान्वयनमा लगिएको छ”, उहाँले भन्नुभयो, “गत वर्ष सुरु भएका दुईवटा योजना निर्माण सकिएका छन् ।”

सङ्घीय विशेष अनुदानको रत्नेचौर लिफ्ट खानेपानी र मङ्गला गाउँपालिका–४ को बुकेनी सिँचाइ योजना निर्माण सकिएको हो । सबै योजनाहरूका लागि पुँजीगततर्फ रु ११ करोड ६८ लाख बजेट विनियोजन भएको छ ।

खानेपानीतर्फ स्रोत सुनिश्चितता भएका १२, क्रमागत १०, मर्मतसम्भार सात र सर्वेक्षणसम्बन्धी चारवटा योजना छन् । नदी नियन्त्रणतर्फ कुल रु एक करोड बजेट भएको पोखरेबगर, सिम, तातोपानी संरक्षण र ठाडोढुङ्गा पहिरो रोकथाम योजना रहेका छन् । सिँचाइतर्फका ११ वटा योजनाको स्रोत सुनिश्चितता, १३ वटा क्रमागत र पाँचवटा मर्मतसम्भारसम्बन्धी योजना छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
२०८३ असोज २८, बुधबार
प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ होल्ड
२०८३ असोज २८, बुधबार
१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड बजेट विनियोजन
२०८३ असोज २८, बुधबार
प्रधानमन्त्री बालेन शाहद्वारा काभ्रेको पलाञ्चोक भगवती मन्दिरको दर्शन
२०८३ असोज २८, बुधबार
बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३ असोज २८, बुधबार
कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही, सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता
२०८३ असोज २८, बुधबार
कांग्रेस महाधिवेशन : विषय विज्ञमा डा. केदार नरसिंहलाई सर्वाधिक मत
२०८३ असोज २८, बुधबार