असोज २८, २०८३ बुधबार October 14, 2026

स्याङ्जामा कडा सुरक्षा, अतिसंवेदनशील केन्द्र निगरानीमा

५६ वटा मतदान स्थललाई अतिसंवेदनशील, ७१ संवेदनशील र ७२ मतदानस्थल समान्यको सूचीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वालिङ (स्याङ्जा), फागुन २० गते । स्याङ्जामा बिहीबार (भोलि) हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ ।

जिल्लामा रहेको १९९ मतदान स्थलका ३२२ मतदान केन्द्रमा नै सुरक्षा तथा कर्मचारीहरुको टोलि पुगिसकेको छ ।

जिल्लामा रहेका ५६ वटा मतदान स्थललाई अतिसंवेदनशील, ७१ संवेदनशील र ७२ मतदानस्थल समान्यको सूचीमा राखिएको छ ।

निर्वाचन क्षेत्रको अवस्था र स्तरका आधारमा विशेष सुरक्षा रणनीति तयार गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो । विगतका निर्वाचनका आधारमा अहिले आउन सक्ने समस्यालाई मध्यनजर गरेर विशेष सुरक्षाको व्यवस्था मिलाईएको अर्यालको भनाइ छ ।

उहाँका अनुसार प्रशासनले जिल्लाको ११ वटै पालिकामा रहेका मतदानस्थलमा अवस्था अनुसारको सुरक्षा व्यवस्था मिलाएको हो ।

सबैको सहकार्यका कारण स्याङ्जामा अहिलेसम्म कुनै समस्या नआएको भन्दै प्रमुख जिल्ला अधिकारी अर्यालले आचारसंहिता पालना, प्रचारप्रसारमा सौहार्दता, दलबिच सम्मानजनक व्यवहार तथा सञ्चारकर्मीको सहकार्यले चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

यसैबिच दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा दुई लाख ४८ हजार ८१६ मतदाता रहेका छन् ।  क्षेत्र नं. १ मा एक लाख ३० हजार ८८६ मतदाता र निर्वाचन क्षेत्र नं. २ मा एक लाख १७ हजार ९३० मतदाता रहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
२०८३ असोज २८, बुधबार
प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ होल्ड
२०८३ असोज २८, बुधबार
१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड बजेट विनियोजन
२०८३ असोज २८, बुधबार
प्रधानमन्त्री बालेन शाहद्वारा काभ्रेको पलाञ्चोक भगवती मन्दिरको दर्शन
२०८३ असोज २८, बुधबार
बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३ असोज २८, बुधबार
कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही, सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता
२०८३ असोज २८, बुधबार
कांग्रेस महाधिवेशन : विषय विज्ञमा डा. केदार नरसिंहलाई सर्वाधिक मत
२०८३ असोज २८, बुधबार