असोज २८, २०८३ बुधबार October 14, 2026

हिन्दू मुस्लिम सद्भाव बिथाेलेर निर्वाचन प्रभावित पार्न खोज्ने तीनजना पक्राउ

प्रारम्भिक सोधपुछपछि आवश्यक अनुसन्धानका लागि पर्सा जिल्ला प्रहरी कार्यालयमा बुझाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिएको नेपाली सेनाले वीरगंजमा धार्मिक सद्भाव खलबल्याउने उद्देश्यले गतिविधि गर्न खोजेको एक समूहलाई बन्दोबस्तीका सामग्रीसहित नियन्त्रणमा लिएको छ।

सुरक्षा स्रोतका अनुसार उक्त समूहले वीरगंज महानगरपालिका वडा नं. १६स्थित एक मस्जिद परिसरमा सुँगुरको टाउको फाल्ने तथा पटाका (सुतली बम) पड्काएर आतंक फैलाउने योजना बनाएको सूचना प्राप्त भएपछि सुरक्षाकर्मी सक्रिय भएका थिए। सम्भावित धार्मिक द्वन्द्व निम्त्याउने आशंकापछि निगरानी बढाइएको थियो।

उपसेनानी विकास मरहट्टाको कमाण्डमा खटिएको टोलीले वीरगंज–१६ छप्कैया चोक क्षेत्रमा पिछा गर्दै राति करिब १२ः३० बजेदेखि २ः३० बजेसम्मको अपरेसनमा तीन जनालाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएकाहरूमा वीरगंज–१६ का १६ वर्षीय कृष्ण यादव, सुनसरीको इनरुवाका १८ वर्षीय रोहित पटेल र १६ वर्षीय अवजित यादव रहेका छन्।

उनीहरूका साथबाट ठूलो मात्रामा सुतली बम, मोबाइल फोन, पावर बैंक, चार्जर, सेतो तार तथा सुँगुरको टाउको बरामद गरिएको जनाइएको छ। प्रारम्भिक सोधपुछपछि उनीहरूलाई आवश्यक अनुसन्धानका लागि पर्सा जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ।

सुरक्षा निकायले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन संवेदनशील क्षेत्रहरूमा कडा निगरानी र गस्ती बढाइएको जनाएको छ। साथै, सामाजिक सद्भाव बिगार्ने वा हिंसात्मक गतिविधिमा संलग्न जो–कोहीमाथि कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
२०८३ असोज २८, बुधबार
प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ होल्ड
२०८३ असोज २८, बुधबार
१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड बजेट विनियोजन
२०८३ असोज २८, बुधबार
प्रधानमन्त्री बालेन शाहद्वारा काभ्रेको पलाञ्चोक भगवती मन्दिरको दर्शन
२०८३ असोज २८, बुधबार
बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३ असोज २८, बुधबार
कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही, सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता
२०८३ असोज २८, बुधबार
कांग्रेस महाधिवेशन : विषय विज्ञमा डा. केदार नरसिंहलाई सर्वाधिक मत
२०८३ असोज २८, बुधबार