असोज २८, २०८३ बुधबार October 14, 2026

मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

पर्यटक पछिल्लो समय सडक सञ्जालको सहजताले सवारीसाधनमा चामे, खाङ्सारसम्म पुग्ने गरेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मनाङ। यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका संरक्षण शिक्षा सहायक भुपेन्द्र गुरुङले प्रत्येक सवारीसाधनमा मतदातासँगै पर्यटकको आगमन बढ्दै गएको बताउनुभयो ।

“मतदाता फर्कन थालेसँगै पर्यटकको आगमन भइरहेको छ”, उहाँले भन्नुभयो, “दैनिक रूपमा ५०–६० पर्यटक आगमन भएको अभिलेख छ ।”

बिस्तारै ‘सिजन’ पनि सुरुआत भएको र यस पटक निर्वाचन पनि भएकाले मतदातासँगै पर्यटकको आगमन भइरहेको गुरुङले बताउनुभयो । “पर्यटकका लागि बसोबास गर्ने तथा होटल सरसफाइ गर्न बाँकी हुँदै पर्यटकको आगमन बढ्न थालेको छ”, संरक्षण शिक्षा सहायक गुरुङले भन्नुभयो ।

यहाँ मौसम अनुकूल हुँदै गएका विदेशी पर्यटकको आगमन बढ्दै गएको उहाँले बताउनुभयो । यतिबेला होटल तथा बसोबासका लागि व्यवस्थापन सहज हुने र भीडभाड कम हुने भएकाले पनि विदेशी पर्यटकको आगमन भइरहेको गुरुङको भनाइ छ ।

जिल्लावासी मतदानका लागि आइसकेका र सुरक्षित तवरबाट निर्वाचन सम्पन्न गर्न सम्पूर्ण तयारी गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो । उहाँले निर्वाचनको समय भएकाले सुरक्षा निकायको बढी प्राथमिकतामा निर्वाचन सम्पन्न गर्नुमा रहेकाले सचेत भएर यात्रा गर्न पर्यटकलाई सुझाव दिइएको बताउनुभयो ।

“पर्यटन यहाँको प्रमुख आयस्रोत भएकाले पर्यटकको र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नुपर्ने दायित्वका कारण दुबै पक्षलाई ध्यान दिएर सुरक्षाको व्यवस्था गरिएको छ”, प्रजिअ पौड्यालले भन्नुभयो ।

मनाङ आउने अधिकांश पर्यटक तिलिचो ताल हुँदै थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ निस्कन्छन् भने केही पर्यटक लार्केभञ्ज्याङ हुँदै मनास्लुतर्फ लाग्ने गर्दछन् । साथै, पर्यटकहरू अन्नपूर्ण पदमार्गमार्फत मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् । हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न यहाँ पर्यटकको आकर्षण र आगमन हुने गरेको छ ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट पर्यटकले यात्राको सुरुआत गर्छन् । यस पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्ला जोडिएका छन् ।

विगतमा काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा आउने पर्यटक पछिल्लो समय सडक सञ्जालको सहजताले सवारीसाधनमा चामे, खाङ्सारसम्म पुग्ने गरेका छन् । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा सुरु हु्ने गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
२०८३ असोज २८, बुधबार
प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ होल्ड
२०८३ असोज २८, बुधबार
१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड बजेट विनियोजन
२०८३ असोज २८, बुधबार
प्रधानमन्त्री बालेन शाहद्वारा काभ्रेको पलाञ्चोक भगवती मन्दिरको दर्शन
२०८३ असोज २८, बुधबार
बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३ असोज २८, बुधबार
कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही, सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता
२०८३ असोज २८, बुधबार
कांग्रेस महाधिवेशन : विषय विज्ञमा डा. केदार नरसिंहलाई सर्वाधिक मत
२०८३ असोज २८, बुधबार