असोज २८, २०८३ बुधबार October 14, 2026

भक्तपुरमा शान्तिपूर्ण रुपमा मतदान जारी

भक्तपुरका दुवै क्षेत्रमा पुरुषभन्दा महिला मतदाता बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर, २१ फागुन : जिल्लाका दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालका अनुसार क्षेत्र नं १ मा ३७ मतदानस्थल र ११९ मतदान केन्द्र कायम छन् । पुरुषभन्दा महिला मतदाता बढी रहेको क्षेत्र नं १ मा ५२ हजार ६६ पुरुष र ५४ हजार ९८८ महिला मतदाता कायम छन् ।

यसैगरी, क्षेत्र नं २ मा ३९ मतदानस्थलमा ११४ वटा मतदान केन्द्र कायम गरिएको छ । पुरुषभन्दा महिला मतदाता बढी रहेको यस क्षेत्रमा ४८ हजार ७४ जना पुरुष मतदाता र ५० हजार २७७ महिला मतदाता छन् ।

क्षेत्र नं १ मा जिभिन्न राजनीतिक दलबाट १६ र स्वतन्त्रबाट नौ गरी २५ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिस्पर्धामा तीन जना महिला उम्मेदवार छन् भने क्षेत्र नं २ मा विभिन्न राजनीतिक दलबाट १७, स्वतन्त्र १५ गरी कूल ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
२०८३ असोज २८, बुधबार
प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ होल्ड
२०८३ असोज २८, बुधबार
१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड बजेट विनियोजन
२०८३ असोज २८, बुधबार
प्रधानमन्त्री बालेन शाहद्वारा काभ्रेको पलाञ्चोक भगवती मन्दिरको दर्शन
२०८३ असोज २८, बुधबार
बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३ असोज २८, बुधबार
कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही, सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता
२०८३ असोज २८, बुधबार
कांग्रेस महाधिवेशन : विषय विज्ञमा डा. केदार नरसिंहलाई सर्वाधिक मत
२०८३ असोज २८, बुधबार