श्रावण १३, २०८३ बुधबार July 29, 2026

प्रधानमन्त्री कार्की र यूएईका राष्ट्रपति शेखबीच टेलिफोन संवाद

पश्चिम एशियाको परिस्थिति यथाशीघ्र सामान्य अवस्थामा फर्कने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै । प्रधानमन्त्री सुशीला कार्की र संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख मोहमद बिन जायद अल नाह्यानबीच टेलिफोन कुराकानी भएको छ ।

प्रधानमन्त्री कार्कीले यूएई लक्षित आक्रमणका घटनाको निन्दा गर्दै यूएईलाई नेपालको तर्फबाट ऐक्यबद्धता व्यक्त गर्नुभयो । उहाँले विषम परिस्थितिमा सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन, तनाव नबढाउन र नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले कूटनीति र संवादका माध्यमबाट मात्र दिगो शान्ति सम्भव हुने बताउनुभयो । पश्चिम एशियाको परिस्थिति यथाशीघ्र सामान्य अवस्थामा फर्कने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले त्यहाँ रहेका नेपाली नागरिकसहित सबै बासिन्दा, आगन्तुक र ‘ट्रान्जिट’ मा रहेकाको समान रूपमा हेरविचार गरेकामा यूएई सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले गएको फागुन १७ गते ज्यान गुमाएका एक जना नेपाली नागरिकका साथै फागुन २१ गते दुई जना नेपाली नागरिक घाइते भएको जानकारी प्राप्त भएकोमा चिन्ता व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ ।

यूएईका राष्ट्रपतिले नेपालीको सुरक्षाका लागि हरसम्भव प्रयत्न गर्न आफू तत्पर रहेको बताउनुभयो । केही नेपाली स्वदेश फर्कन चाहेको आफूले जानकारी पाएको उल्लेख गर्दै यूएईका राष्ट्रपतिले परिस्थिति सहज भएपछि सबै किसिमको सहयोग उपलब्ध गराइने जानकारी गराउनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार