श्रावण ११, २०८३ सोमबार July 27, 2026

पारा एथेटिक्स टोली नयाँ दिल्ली प्रस्थान

सटपुटमा हिमाल अर्याल, ज्याभ्लिन थ्रोमा मोहन रोका र ४०० मिटर दौडमा नवराज कार्कीले प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन चार सदस्यीय नेपाली टोली आज भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।

मार्च १० देखि १३ तारिखसम्म हुने उक्त प्रतियोगितामा ३ पुरुष खेलाडी सहभागी हुने छन् । सटपुटमा हिमाल अर्याल, ज्याभ्लिन थ्रोमा मोहन रोका र ४०० मिटर दौडमा नवराज कार्कीले प्रतिस्पर्धा गर्ने छन् ।

टोली प्रमुखमा राष्ट्रिय पारा एथलेटिक्स सङ्घ नेपालका सचिव साङबु भोटे रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय पारा एथलेटिक्स सङ्घ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले आजै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया