भाद्र ९, २०८३ मंगलबार August 25, 2026

डा. लोहनीको राजनैतिक प्रतिवेदन पारित, दुइ दिन भित्रै केन्द्रिय समितिको बैठक बस्ने तयारीमा राप्रपा (संयुक्त)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रा.प्र.पा. (संयुक्त)को उच्चस्तरीय कार्यसम्पादन समितिको बैठकले अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले पेश गरेको राजनैतिक कार्यपत्र बहुमतले पारित गरेको छ । अध्यक्ष पशुपतिशमशेर ज.ब.रा.को अध्यक्षतामा मंगलबार बसेको उच्चस्तरीय कार्यसम्पादन समितिको बैठकले भाद्र १९ र २० गते केन्द्रीय समितिको बैठकलाई थप प्रभावकारी बनाउन सचिवालयलाई निर्देशन दिने समेत निर्णय गरेको छ ।

पार्टी केन्द्रिय कार्यालय चाबहिलमा बसेको उकास बैठकमा कमल थापा नेतृत्वको राप्रपासँग पहिलो चरणको वार्ता प्रगतिबारे समेत छलफल भएको थियो ।

राजनितिक प्रतिवेदन पारित भएसँगै केन्द्रिय सचिवालय तथा सम्पादन समितिको बैठकमा पेश गरिने सो पार्टीका प्रवक्ता जनकराज पाठकले बताएका छन् । भाद्र १९ र २० गते बस्ने केन्द्रीय समिति तथा कार्य सम्पादन समितिको बैठकमा राजनितिक, आर्थिक लगायतका विभिन्न प्रतिवेदनहरू पेश गरिने र दशै तिहार लगत्तै विभिन्न कार्यक्रमहरू गरी जनतामाझ प्रस्तुत हुने समेत प्रवक्ता पाठकले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पशुमा रेबिज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
२०८३ भाद्र ९, मंगलबार
त्रिविको परीक्षा प्रणाली विद्यार्थीमैत्री बनाउन स्ववियुको १० बुँदे माग
२०८३ भाद्र ९, मंगलबार
गण्डकीमा सत्ता समीकरण फेरिँदै, एमालेका मन्त्रीले राजीनामा दिने
२०८३ भाद्र ९, मंगलबार
सुनचाँदीको मूल्यमा सामान्य घट्बढ
२०८३ भाद्र ९, मंगलबार
डिष्ट्रिक्ट ३२५ के, नेपालले असोज पहिलो साता लायन्स लिडरशिप क्याम्प आयोजना गर्ने
२०८३ भाद्र ९, मंगलबार
पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
२०८३ भाद्र ९, मंगलबार
दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)
२०८३ भाद्र ९, मंगलबार