जेठ ३०, २०८३ शनिबार June 13, 2026

राष्ट्रपति पौडेल पितृशोकमा रहेका ओली भेट्न भक्तपुरको गुण्डुमा

पछिल्ला दिनहरूमा गुण्डुस्थित निवासमा पुगेर विभिन्न राजनीतिक नेतृत्व तथा शुभेच्छुकहरूले ओलीप्रति समवेदना प्रकट गर्ने क्रम जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पितृशोकमा रहेका केपी शर्मा ओली लाई भेट्न भक्तपुरको गुण्डु पुगेका छन्। पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष ओलीलाई समवेदना व्यक्त गर्न राष्ट्रपति पौडेल आज बिहान त्यहाँ पुगेका हुन्।

ओलीका पिता मोहनप्रसाद ओली को गत शुक्रबार ९७ वर्षको उमेरमा निधन भएको थियो। उहाँको निधनपछि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले ओलीलाई भेट्दै समवेदना व्यक्त गरिरहेका छन्।

राष्ट्रपति पौडेलले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, यस दुःखद् घडीमा परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि व्यक्त गरिएको छ।

पछिल्ला दिनहरूमा गुण्डुस्थित निवासमा पुगेर विभिन्न राजनीतिक नेतृत्व तथा शुभेच्छुकहरूले ओलीप्रति समवेदना प्रकट गर्ने क्रम जारी रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
२०८३ जेठ ३०, शनिबार
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै
२०८३ जेठ ३०, शनिबार
भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै
२०८३ जेठ ३०, शनिबार
सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
२०८३ जेठ ३०, शनिबार
डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा PVST स्कुलिङ कार्यक्रम सुरु हुँदै
२०८३ जेठ ३०, शनिबार
रावल आयोगको प्रतिवेदन : एकतिस वर्षपछि कार्यान्वयन
२०८३ जेठ ३०, शनिबार
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
२०८३ जेठ ३०, शनिबार