श्रावण २८, २०८३ बिहिबार August 13, 2026

डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा PVST स्कुलिङ कार्यक्रम सुरु हुँदै

चितवनपछि काठमाडौंमा लायन्स पदाधिकारीहरूको वृहत् प्रशिक्षण कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ के, नेपालको लायन वर्ष २०२६/२७ का लागि बागमती एरिया अन्तर्गतका रिजन तथा जोनमा आबद्ध करिब १०० वटा क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई लक्षित गर्दै पीभीएसटी (PVST) स्कुलिङ कार्यक्रम आज गोङ्गबुको बीजी बैंक्वेटमा सुरु हुँदैछ। नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीको सभापतित्वमा सञ्चालन हुने कार्यक्रममा नेतृत्व विकास, क्लब व्यवस्थापन, जिल्ला तथा अन्तर्राष्ट्रिय कार्यक्रमबारे विशेष प्रशिक्षण प्रदान गरिनेछ।

कार्यक्रमको उद्घाटन पूर्व अन्तर्राष्ट्रिय निर्देशक लायन बालकृष्ण बुर्लाकोटीले पानसमा दीप प्रज्वलन गरी गर्ने कार्यक्रम रहेको छ। उद्घाटन सत्रपछि प्रेरणादायी वक्ता रामजी अधिकारीको विशेष प्रस्तुति, डिष्ट्रिक्ट तथा अन्तर्राष्ट्रिय कार्यक्रमबारे डिष्ट्रिक्ट गभर्नर इलेक्ट रमेश अधिकारीको प्रशिक्षण तथा पदाधिकारीहरूको छुट्टाछुट्टै कक्षा सञ्चालन गरिने कार्यसूची तय गरिएको छ।

गत सातामात्रै चितवनमा २४० भन्दा बढी क्याबिनेट अफिसर्सलाई यस्तै प्रकृतिको प्रशिक्षण प्रदान गरिएको थियो। उक्त कार्यक्रममा ६० भन्दा बढी नयाँ क्लब स्थापना गर्ने, १०० भन्दा बढी एमजेएफ (MJF) योगदान जुटाउने तथा विभिन्न उच्चस्तरीय तालिम सञ्चालन गर्ने प्रतिबद्धता लायन्स नेतृत्वले व्यक्त गरेको थियो। बागमती एरियाको यो प्रशिक्षण कार्यक्रम पनि सोही अभियानलाई थप सशक्त बनाउने उद्देश्यका साथ आयोजना गरिएको आयोजकले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार