श्रावण २८, २०८३ बिहिबार August 13, 2026

इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार

डुङ्गामा १७ जना चालक दलका सदस्यसहित १३१ जनालाई सूचीबद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को, साउन २८ गते । इन्डोनेसियाको बालीस्थित पर्यटकीय टापु नजिकै यात्रुवाहक डुङ्गामा आगलागी हुँदा एक जनाको मृत्यु हुनुका सथै २११ जनालाई सकुशल उद्धार गर्न सफल भएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् ।

आधिकारिक रिपोर्टअनुसार आगलागीको घटनामा एक जना इन्डोनेसियाली महिलाको मृत्यु भएको पुष्टि भएको छ । डुङ्गा बालीबाट लोम्बोक टापु जाने क्रममा स्थानीय समय अनुसार बुधबार बिहान ४ः१५ आगलागी भएको जनाइएको छ । राष्ट्रिय खोजी र उद्धार एजेन्सी, इन्डोनेसियाली नौसेना, समुद्री प्रहरी र सामुद्रिक जहाज र उद्धार कर्ताले सकुशल उद्धार गरिएका मानिसलाई बाली र लोम्बोक बन्दरगाहमा लगेको जनाइएको छ ।

स्थानीय अधिकारीको डुङ्गामा फसेका मानिसको निकासी सुरक्षित र सहजरूपमा सम्पन्न भएको रिपोर्टले गरेका छन् । प्रारम्भिक रेकर्ड र जहाजमा रहेका मानिसको वास्तविक सङ्ख्याबिच भिन्नता देखा परेको प्रष्ट पारिएको छ । डुङ्गामा १७ जना चालक दलका सदस्यसहित १३१ जनालाई सूचीबद्ध गरिएको थियो ।

अधिकारीहरूले हाल घटनाको समयमा थप दर्ता नभएका यात्रु डुङ्गामा रहेकोसमेत पुष्टि गरेका छन् । लेम्बर पोर्ट प्राधिकरणको सहयोगमा इन्डोनेसियाको राष्ट्रिय यातायात सुरक्षा समितिले आगलागीको कारण बारे अनुसन्धान सुरु गरेको छ भने सवारी साधन र कार्गोलगायत भौतिक नोक्सानको मूल्याङ्कन जारी छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया