श्रावण २८, २०८३ बिहिबार August 13, 2026

बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

दुई जिल्लाका स्थानीय तहबीच संरक्षण र पर्यटन विकासमा सहकार्य बढाउनसमेत यस घोषणाले आधार तयार गर्ने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुदूरपश्चिम। बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ बनाउने निर्णय कार्यान्वयनको घोषणा गरिएको छ ।

आज धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश मन्त्रिपरिषद्को यही साउन १९ गतेको बैठकको निर्णयअनुसार वन संरक्षण क्षेत्र घोषणा गरिएको बताउनुभयो । “दुई जिल्लाका महत्त्वपूर्ण वन तथा प्राकृतिक क्षेत्रलाई एउटै संरक्षण क्षेत्रका रूपमा विकसित गर्ने उद्देश्यले सरकारले निर्णय गरिसकेको छ । सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा २६ (१) बमोजिम संरक्षण क्षेत्र घोषणा गरिएको हो”, मुख्यमन्त्री शाहले भन्नुभयो,“बडीमालिका र रामारोशन क्षेत्रको प्राकृतिक सम्पदा, जैविक विविधता तथा वन संरक्षणलाई थप प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध छ ।”

घोषित संरक्षण क्षेत्रमा बाजुराको बडीमालिका नगरपालिका–५, ६, ७ र ८ तथा त्रिवेणी नगरपालिका–५, ६, ७ र ९ का क्षेत्र समेटिएका छन् । यस्तै, अछामको मेल्लेख गाउँपालिका–१ र २ तथा रामारोशन गाउँपालिका–४, ५ र ६ का क्षेत्र गरी ४९८ दशमलव चार वर्गकिलोमिटर वन संरक्षण क्षेत्रमा समावेश गरिएका छन् ।

बडीमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण क्षेत्र हो भने रामारोशन प्राकृतिक सौन्दर्य, ताल तथा जैविक विविधताका कारण परिचित छ । यी दुई क्षेत्रलाई एउटै संरक्षण भूगोलमा समेटिएसँगै वन तथा प्राकृतिक स्रोतको संरक्षणसँगै पर्यावरणीय पर्यटनको विकासका लागि समेत आधार तयार हुने प्रदेश सरकारको विश्वास छ ।

प्रदेश सरकारले संरक्षण क्षेत्रभित्र रहेका वन, वन्यजन्तु, जैविक विविधता तथा प्राकृतिक स्रोतको संरक्षण, व्यवस्थापन र स्थानीय समुदायको सहभागितालाई प्राथमिकतामा राख्ने जनाएको छ । दुई जिल्लाका स्थानीय तहबीच संरक्षण र पर्यटन विकासमा सहकार्य बढाउनसमेत यस घोषणाले आधार तयार गर्ने अपेक्षा गरिएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तेह्र जनालाई जग्गाधनी पुर्जा प्रदान
२०८३ श्रावण २८, बिहिबार
एसीसी प्रिमियर कपको खेल तालिका परिवर्तन
२०८३ श्रावण २८, बिहिबार
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त
२०८३ श्रावण २८, बिहिबार
राष्ट्रिय सभा बैठक : ग्यास अभाव र कालोबजारी नियन्त्रण गर्न सरकारसँग सांसदको माग
२०८३ श्रावण २८, बिहिबार
पोखरालाई पर्यटनसँगै ‘आइटी हब’ बनाउने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
२०८३ श्रावण २८, बिहिबार
सरकारी पूजा सामग्रीसहित डोटीबाट बडीमालिकातर्फ निस्कियो ‘पेटारो’
२०८३ श्रावण २८, बिहिबार
पश्चिमी देशमाथि आक्रमण गर्ने पुटिनको चेतावनी
२०८३ श्रावण २८, बिहिबार