असोज १८, २०८३ आइतबार October 4, 2026

दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

मृतक दुवै जनाको स्थानीय मानखोला घाटमा दाहसंस्कार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

राँझा (बाँके), १८ असोजः दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन भएपछि बाँकेको एलगाउँवासी शोकमग्न भएका छन् ।

नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस शनिवार नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेको एसमोडमा दुर्घटना हुँदा बाँकेको खजुरा गाउँपालिका–२ का ३६ वर्षीय चालक सुरेश बिसी, कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी, नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजियाको निधन भएको थियो ।

सुरेश र एकेन्द्र सहोदर मामा र भान्जा हुन् । खजुरा–२ एलगाउँकै स्थायी बासिन्दा रहनुभएका एकेन्द्र हाल कोहलपुरमा बसोबास गर्दै आएको स्थानीय भीम ओलीले बताउनुभयो । दसैँको पूर्वसन्ध्यामा सडक दुर्घटनामा चार जनाको निधनले सिङ्गो गाउँनै शोकमग्न बनाएको खजुरा ओलीले बताउनुभयो । “सोच्दै नसोचेको, कल्पनासमेत नगरेको यो दुःखद् खबरले  हामी स्तब्ध भएका छौँ”, ओलीले भन्नुभयो, “सवारी दुर्घटनामा मामा एकेन्द्रराज रेग्मी र भाइ सुरेश विसीको यो असामयिक निधनले पूरै परिवार, सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।”

मामा र भान्जा नै बस चालक भए पनि शनिबार भने भान्जालाई साथ दिन एकिन्द्र पनि सँगै बसमा गएको ओलीले जानकारी दिनुभयो । मृतक दुवै जनाको स्थानीय मानखोला घाटमा दाहसंस्कार गरिएको छ ।

खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष किस्मतकुमार कक्षपतिले दसैँको मुखैमा बस दुर्घटनामा मानवीय क्षति हुँदा आफन्तजनसँगै समग्र जिल्लावासीसमेत शोकमा रहेको बताउनुभयो । उहाँले २४ घण्टाको अन्तरालमा खजुरा गाउँपालिका निवासी दुई बस चालकको ज्यान गएको उल्लेख गर्नुभयो ।

शुक्रबार काठमाडौँबाट बर्दियातर्फ आउँदै गरेको  कपिलवस्तुमा दुर्घटना हुँदा बस चालक बाँकेको खजुरा गाउँपालिका–५ का ३४ वर्षीय सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको थियो । दाउन्ने बस दुर्घटनामा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया र कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसीको परिवार र आफन्तजन पनि शोकमग्न हुनुहुन्छ । कोहलपुर नगरपालिका–३ का वडाध्यक्ष माधव रिजालले दसैँको मुखमा परी वडावासी युवालाई गुमाउनुपर्दा नरमाइलो महसुस भइरहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार
कर्णाली प्रदेशमा मंसिर १६-२७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैं
२०८३ असोज १८, आइतबार