असोज १८, २०८३ आइतबार October 4, 2026

कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे

कांग्रेसले राजनीतिका केन्द्रमा राष्ट्र र जनतालाई राखेर नयाँ चरणमा प्रवेश गर्ने उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १८ असोजः नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कांग्रेसको १५औँ महाधिवेशनले पार्टीलाई पुनर्जीवन दिने बताउनुभएको छ ।

पार्टीको आजदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा महामन्त्री घिमिरेले महाधिवेशनले पार्टीलाई पुनर्जीवन दिँदै नेतृत्वलाई पुस्तान्तरण गर्ने बताउनुभयो । उहाँले कांग्रेसले राजनीतिका केन्द्रमा राष्ट्र र जनतालाई राखेर नयाँ चरणमा प्रवेश गर्ने उल्लेख गर्नुभयो ।

महामन्त्री घिमिरेले मुलुकलाई सुस्पष्ट दिशा दिन महाधिवेशनबाट नयाँ नीति र कार्यक्रम ल्याइने बताउनुभयो । कांग्रेसले बदलिँदो परिस्थितिअनुसार पार्टीलाई नयाँ ढङ्गले अघि बढाउने उहाँको भनाइ छ ।

“बिपी कोइरालाको सपना सार्थक बनाउनु छ, देश र जनतालाई समुन्नत, खुसी र समृद्ध बनाउन, राष्ट्रको प्रतिष्ठा बढाउन कांग्रेस चाहन्छ”, महामन्त्री घिमिरेले भन्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार
कर्णाली प्रदेशमा मंसिर १६-२७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैं
२०८३ असोज १८, आइतबार