असोज १७, २०८३ शनिबार October 3, 2026

केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

उम्मेदवारी दिएको तहभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन नपाउने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा हारेका नेताहरूले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने भएका छन्। कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले शनिबार साँझ प्रेस विज्ञप्ति जारी यस्तो जानकारी गराउनु भएको छ ।

निर्वाचन समितिले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसको विधान, २०७६ (संशोधनसहित) अनुसार पार्टीको कुनै तहको अधिवेशनमा उम्मेदवारी दिएको व्यक्ति सोही अवधिमा आफूले उम्मेदवारी दिएको तहभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन नपाउने व्यवस्था रहेको स्मरण गराएको छ ।

समितिले आसन्न १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार भएका व्यक्तिले त्यसपछि हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने स्पष्ट पारेको छ ।

त्यस्तै, पदेन महाधिवेशन प्रतिनिधि तथा भ्रातृ संघ र शुभेच्छुक संस्थाबाट आएका पदेन प्रतिनिधिहरूले महाधिवेशनमा केन्द्रीय कार्यसमितिको पदमा उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था रहेको पनि निर्वाचन समितिले जनाएको छ । /रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Jitiya festival fosters mutual respect, harmony: President Paudel
२०८३ असोज १७, शनिबार
केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने
२०८३ असोज १७, शनिबार
मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग
२०८३ असोज १७, शनिबार
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार