असोज १७, २०८३ शनिबार October 3, 2026

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

१२ मानवीय संकटमा रहेका अपांगता भएका व्यक्तिका तत्कालीन आवश्यकताका लागि थप १ करोड डलर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

संयुक्त राष्ट्रसंघ, असोज १७ गते । संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश तथा क्षेत्रमा जीवनरक्षक सहायता पुर्याउन शुक्रबार १६ करोड अमेरिकी डलर आपतकालीन कोषबाट जारी गरेको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)का अनुसार आपतकालीन प्रतिक्रिया कोषबाट १५ करोड डलर अफगानिस्तान, बुर्किना फासो, क्यामरुन, चाड, क्युबा, माली, नाइजर, कब्जामा रहेको प्यालेस्टिनी भूभाग, सोमालिया, दक्षिण सुडान, सुडान र यमनका लागि छुट्याइएको छ ।

त्यसैगरी, यी १२ मानवीय संकटमा रहेका अपांगता भएका व्यक्तिका तत्कालीन आवश्यकताका लागि थप १ करोड डलर छुट्याइएको छ । यसले मानवीय सहायता अझ पहुँचयोग्य र समावेशी बनाउन सहयोग गर्ने ओसीएचएले जनाएको छ । यस वर्ष सबैभन्दा गम्भीर मानवीय आवश्यकता भएका ८ करोड ७० लाख मानिससम्म सहायता पुर्याउने व्यापक प्रयास अन्तर्गत यो रकम जारी गरिएको हो । संयुक्त राष्ट्रसंघका मानवीय मामिला प्रमुख टम फ्लेचरले सहायता पुर्याउन आर्थिक सहयोगसँगै राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताउनुभएको छ । रासस/एएफपी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Jitiya festival fosters mutual respect, harmony: President Paudel
२०८३ असोज १७, शनिबार
केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने
२०८३ असोज १७, शनिबार
मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग
२०८३ असोज १७, शनिबार
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार