काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शनिबार दिउँसो बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे घण्टीघर, चमती, वनस्थलीमा बैठक बस्न लागेको हो।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयनलगायत विषयमा छलफल हुनेछ।
बैठकका कार्यसूचीमा केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गर्ने ‘हामी आउँदै छौँ’ अभियानसम्बन्धी प्रस्ताव पनि रहेको छ।
त्यस्तै, मधेस प्रदेश संगठनको अडिट रिपोर्टमाथि छलफल गर्ने कार्यसूची छ। बैठकमा विविध विषयमा समेत छलफल हुने रास्वपाले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया