असोज १६, २०८३ शुक्रबार October 2, 2026

शेखर कोइराला देउवा पक्षको वडा अधिवेशनमा पनि गएनन्

अदालतले कांग्रेसको आधिकारिकता आफूलाई नदिएमा देउवा समूहले अहिलेकै अधिवेशनलाई आधार मानेर नयाँ दल दर्ता गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १५ असोज । कांग्रेस नेता शेखर कोइराला संस्थापन र इतर शेरबहादुर देउवा समूह दुवैले गरेको महाधिवेशनमा सहभागी भएनन् ।

संस्थापन पक्षको अहिले क्षेत्रीय अधिवेशन जारी छ । असोज १८ गते १५औं महाधिवेशनको उदघाटन छ । देउवा समूहले भने बिहीबारदेखि वडा अधिवेशन सुरु गरेको छ ।

बुधबारसम्म कोइराला पक्ष देउवा समूहले गर्ने अधिवेशनमा सहभागी हुने भनेर प्रचार गरिएको यियो । तर कोइराला दुवै समूहमा सहभागी नभएर तठस्थ बसेका छन् । शेखरसँगै पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्का पनि दुवै महाधिजवेशनमा सहभागी भएका छैनन् ।

अहिलेको अवस्थामा कांग्रेसलाई एक बनाउने सम्भावना नरहेको भन्दै दुवै पक्षलाई आ–आफ्नो महाधिवेशन सम्पन्न गर्न दिनुपर्ने शेखरको भनाइ छ ।

‘म आज पनि कांग्रेस एकताका लागि पहल गरिरहेको छु। अहिले नै कांग्रेस एक हुने सम्भावना छैन। दुवैको महाधिवेशन सक्न दिनुहोस्, त्यसपछि कुरो हुन्छ,’ उनले भने।

कांग्रेसभित्र संस्थापन पक्षले असोजमै १५औँ महाधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेको छ भने देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने तयारी अघि बढाएको छ।

दुई पक्षले फरक–फरक समयसीमा र प्रक्रियाअनुसार महाधिवेशनको तयारी अघि बढाएपछि पार्टी विभाजनको सम्भावनाबारे कांग्रेसभित्र चर्चा तीव्र भएको छ । यदि सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता आफूलाई नदिएमा देउवा समूहले अहिलेकै अधिवेशनलाई आधार मानेर नयाँ दल दर्ता गर्ने चर्चा छ । न्युज कारखाना

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक नेपाल अनुपस्थित हुने
२०८३ असोज १६, शुक्रबार
एसियाली खेलकुद पदक तालिकामा चीन शीर्ष स्थानमा
२०८३ असोज १६, शुक्रबार
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो
२०८३ असोज १५, बिहिबार
दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार