असोज १४, २०८३ बुधबार September 30, 2026

कर्णाली प्रदेशसभा सदस्य शर्मा पदमुक्त

प्रगतिशील लोकतान्त्रिक पार्टीमा लाग्नुभएका शर्माको सांसद पद खुस्कियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कर्णाली, १२ असोजः कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त हुनुभएको छ । शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्च अदालतले सदर गरेसँग उहाँ प्रदेशसभा सदस्य पदबाट मुक्त हुनुभएको हो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शर्मालाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो । नेकपाको निर्णयविरुद्ध शर्माले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शर्माको रिट खारेज गरेको हो ।

तत्कालीन माओवादी केन्द्रसहितका दलहरुबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी गठन भएपछि शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीमा लाग्नुभएको थियो । त्यसपछि नेकपाले उहाँलाई प्रदेशसभा सदस्य पदबाट हटाउन प्रदेशसभा सचिवालयमा पत्राचार गरेको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया