असोज १२, २०८३ सोमबार September 28, 2026

सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे

प्रहरी पनि कानुनको कार्यान्वयन गर्ने निकायभन्दा आदेशपालक जस्तो भएको टिप्पणी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पाँचथर। प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्ने बताउनुभएको छ ।

सरकारका कतिपय कदमले लोकतन्त्रका मूल्य, मान्यतालाई आत्मसात् नगरेको पाइएको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज पाँचथरको फिदिममा आयोजित कांग्रेस प्रदेशसभा क्षेत्र नं १ र २ को अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता आङदेम्बेले प्रहरी पनि कानुनको कार्यान्वयन गर्ने निकायभन्दा आदेशपालक जस्तो भएको टिप्पणी गर्नुभयो ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई मध्यरातमा पक्राउ गर्ने काम लोकतान्त्रिक नभएको बताउँदै नेता आङदेम्बेले राणालाई पक्राउ गर्ने र छोड्ने कुरा केटाकेटी खेलजस्तै भएको टिप्पणी गर्नुभयो ।

पूर्वप्रधानन्यायाधीश राणालाई राष्ट्रिय मानवअधिकार आयोगको टोलीलाई समेत भेट्न नदिने र नियन्त्रणमा राख्नुको कारण स्पष्ट पार्न उहाँले सरकारसँग माग गर्नुभयो ।

“हामीले सरकार पाँच वर्ष नै चलोस् भन्ने चाहेका छौँ । लोकतन्त्रप्रति, दलहरूप्रति नागरिकको भरोसा नटुटोस् भन्न चाहेका छौँ”, नेता आङ्देम्बेले भन्नुभयो । नेता आङदेम्बेले कांग्रेसमा १३ हजारभन्दा बढी युवाहरु एकैपटक सामेल भएको बताउँदै जेनजी पुस्ताका युवाहरु वडादेखि केन्द्रसम्म पाँच तहमा नेतृत्व तहमा पुगेर नवीन कांग्रेस निर्माण भएको बताउनुभयो । उहाँले अब कांग्रेसमा प्यानल खडा नहुने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार केरुङले सरकारको कार्यशैलीको आलोचना गर्दै कांग्रेसले संसद् र बाहिरबाट सरकारलाई सकारात्मक सहयोग गर्दै आएको बताउनुभयो ।

पाँचथरमा जारी कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट ३४ केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुने कांग्रेस पाँचथरका सचिव दीपक नेपालले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार