काठमाडौँ, असोज ८ गते । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको छ ।
यस बिचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले अधिवेशन प्रक्रियामा कठिनाइ भइरहेको निर्वाचन अधिकृतहरूबाट जानकारी प्राप्त भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
पार्टीको निर्वाचन समितिले सो अवस्थामा मौसम विभागले सूचना जारी गरेको सन्दर्भलाई पनि दृष्टिगत गरी यही असोज १० गतेका लागि तोकिएको प्रदेशसभा एवम् प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम अनुकूलताअनुसार गर्न यही असोज १३ गतेभित्र गरिसक्न निर्देश गरेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया