असोज ७, २०८३ बुधबार September 23, 2026

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

केन्द्रीय सदस्यहरूलाई बोल्नका तीन मिनेटको समय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ७ असोजः पुनर्गठन र पुनर्निर्माणको बहसमा केन्द्रित नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको बैठक आज पनि हुँदैछ ।

अहिले ९ः०० बजेबाट सुरु हुने बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ । सो पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार मङ्गलबारसम्म ११८ जना केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि धारणा राखिसकेका छन् भने आज बाँकी सदस्यहरूले धारणा राख्ने छन् । केन्द्रीय सदस्यहरूलाई बोल्नका तीन मिनेटको समय उपलब्ध गराइएको छ ।

प्रचार विभाग आचार्यका अनुसार आज अबरेसम्ममा सबै केन्द्रीय सदस्यले धारणा राखिसकेपछि बिहीबार पार्टी सचिवालयको बैठक बस्ने तयारी छ । सचिवालय बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने र उक्त निर्णयहरु अनुमोदनका लागि पुनः केन्द्रीय समितिमा प्रस्तुत गरिने उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
२०८३ असोज ७, बुधबार
‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
२०८३ असोज ७, बुधबार
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
२०८३ असोज ७, बुधबार
२८ वर्षमा यती एयरलाइन्सले एक वर्षमै नौ लाख यात्रुलाई दियो हवाई सेवा
२०८३ असोज ७, बुधबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता
२०८३ असोज ७, बुधबार