असोज ७, २०८३ बुधबार September 23, 2026

२८ वर्षमा यती एयरलाइन्सले एक वर्षमै नौ लाख यात्रुलाई दियो हवाई सेवा

यती एयरलाइन्सले विभिन्न प्रमुख शहर तथा पर्यटकीय गन्तव्यलाई हवाई सेवामार्फत् जोड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालको हवाई यातायात क्षेत्रमा २८ वर्ष पूरा गरेको यती एयरलाइन्सले पछिल्लो एक वर्षमा नौ लाख यात्रुलाई सेवा प्रदान गरेको छ । कम्पनीका अनुसार पछिल्लो एक वर्षमा नौ लाख यात्रुलाई सेवा दिन सक्नु कम्पनीको व्यावसायिक उपस्थितिसँगै नेपाली यात्रुमाझ रहेको निरन्तर विश्वासको महत्त्वपूर्ण सूचक हो ।

बदलिँदो बजार, बढ्दो प्रतिस्पर्धा र यात्रुको अपेक्षालाई ध्यानमा राख्दै यतीले सेवा गुणस्तर र सञ्चालन दक्षतामा निरन्तर सुधार गर्दै आएको छ ।

yati airliens 29 thसञ्चालन लागत, विमानस्थल पूर्वाधार, मौसमजन्य अवरोध तथा सडक यातायातसँगको प्रतिस्पर्धाजस्ता विषयले वायुसेवा व्यवसायमा प्रभाव पार्दै आएका छन् । उल्लेखित अवस्थाका बाबजुद पनि एक वर्षमा लाखौं यात्रुलाई सेवा दिनु महत्त्वपूर्ण व्यावसायिक उपलब्धि भएको कम्पनीले जनाएको छ । यात्रु संख्या व्यवसायको एउटा महत्त्वपूर्ण सूचक भए पनि कम्पनीले आफ्नो सफलतालाई केवल यात्रु संख्यामा सीमित नगरी यात्रु अनुभव, सेवा विश्वसनीयता, सञ्चालन दक्षता र दीर्घकालीन ग्राहक सम्बन्धसँग जोडेर हेर्दै आएको जनाएको छ ।

वायुसेवा क्षेत्रमा प्रतिस्पर्धा बढ्दै जाँदा यात्रुका लागि भाडादरका साथै बुकिङको सहजता, विमानस्थल सेवा, सूचना प्रवाह, कर्मचारीको व्यवहार, समय व्यवस्थापन तथा समग्र यात्रु अनुभव पनि महत्त्वपूर्ण बन्दै गएको कम्पनीको भनाइ छ । सोही पक्षलाई ध्यानमा राख्दै यतीले टिकट बुकिङदेखि विमानस्थल सेवा र उडान अनुभवसम्मका प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउने प्रयास गर्दै आएको जनाएको छ ।

यती एयरलाइन्सले विभिन्न प्रमुख शहर तथा पर्यटकीय गन्तव्यलाई हवाई सेवामार्फत् जोड्दै आएको छ । आगामी दिनमा यात्रुको मागअनुसार सेवा सुधार, सञ्चालन दक्षता अभिवृद्धि, डिजिटल प्रविधिको प्रयोग तथा ग्राहक अनुभव थप सहज बनाउने विषय प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया