असोज ६, २०८३ मंगलबार September 22, 2026

मूर्तिकार कुमालेको निधन

पार्थिव शरीरलाई महानगरपालिकाले सम्मानसहित अन्त्येष्टि गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर । वरिष्ठ मूर्तिकार क्रोधकला शिरोमणि कालु कुमालेको ९४ वर्षको उमेरमा निधन भएको छ ।

उहाँको आज दिउँसो ललितपुरस्थित सुमेरु सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको छोरा राकेश अवालेले जानकारी दिनुभयो । वरिष्ठ मूर्तिकार कुमालेले ८१ वर्षको उमेरदेखि तीन वर्ष लगाएर निर्माण गर्नुभएको मूर्ति पाटन सङ्ग्रहालयमा प्रदर्शित छ । उहाँले निर्माण गर्नुभएको मूर्तिकला विश्वका ५५ भन्दा बढी राष्ट्रमा पुगेको छ ।  नेपालको मौलिक धातु मूर्तिकला र नेवारी शिल्पकलालाई विश्वभर चिनाउन उहाँको ठूलो योगदान छ ।

नेपालका विभिन्न सङ्ग्रहालय र मठमन्दिरमा समेत कुमालेका सिर्जना प्रदर्शित छन् । गत वर्ष पाटन सङ्ग्रहालय विकास समितिद्वारा उहाँलाई मूर्तिकलाका क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप सम्मान गरिएको थियो ।

स्वर्गीय कुमालेले आफ्नो पुर्ख्यौली कुम्हाः (माटोका भाँडा बनाउने) पेसालाई परिमार्जन गर्दै धातुको मूर्तिकलामा रूपान्तरण गर्नुभएको थियो । उक्त सीप आफ्ना छोरा तथा नयाँ पुस्तालाई हस्तान्तरण गरी जीवित राख्नुभएको छ । यसैबीच, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले वरिष्ठ मूर्तिकार कुमालेको निधनले मर्माहत बनाएको बताउनुभयो ।

महानगरपालिकाले उहाँको पार्थिव शरीरलाई महानगरपालिकाले सम्मानसहित अन्त्येष्टि गर्ने प्रमुख महर्जनले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार
बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न कांग्रेस संसदीय दलको आग्रह
२०८३ असोज ६, मंगलबार
अर्थमन्त्री डा. वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
२०८३ असोज ६, मंगलबार
नेपाल टेलिकमद्वारा भदौमा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
२०८३ असोज ६, मंगलबार
एसियाड महिला कबड्डी : थाइल्यान्डलाई पराजित गर्दै नेपालको सुखद सुरुआत
२०८३ असोज ६, मंगलबार
जुम्लाको हाँकु चौरमा ओपन टी–२० क्रिकेट ‘केपीएल’ प्रतियोगिता
२०८३ असोज ६, मंगलबार
मूर्तिकार कुमालेको निधन
२०८३ असोज ६, मंगलबार