असोज ५, २०८३ सोमबार September 21, 2026

कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

असोज ५ गते सम्पन्न हुन बाँकी रहेका वडाहरूको अधिवेशन असोज ६ गते मङ्गलबार पनि जारी रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ५ असोज : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालले यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन आज सकिएको जानकारी दिनुभयो ।

धनुषा क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, अछामका तीन वटा वडा, नवलपरासी क्षेत्र नम्बर २, डडेल्धुराका चार वटा वडा, रुपन्देहीका तीन वडा, महोत्तरीका आठ वडा, सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, रौतहट क्षेत्र नम्बर १ तथा सर्लाही क्षेत्र नम्बर २ का वडाको अधिवेशन अन्तिम चरणमा रहेका उहाँले जानकारी दिनुभयो ।

रसुवा, धादिङ, नुवाकोट तथा असोज ५ गते सम्पन्न हुन बाँकी रहेका वडाहरूको अधिवेशन असोज ६ गते मङ्गलबार पनि जारी रहने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया