काठमाडौँ । राजनीतिक विश्लेषक भरत दाहाललाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले साइबर ब्युरोको अनुरोधमा उनलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरीका अनुसार दाहालविरुद्ध साइबर ब्युरोले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि साइबर ब्युरोलाई जिम्मा लगाउने तयारी गरिएको छ ।
एक कार्यक्रमका सिलसिलामा मोरङ पुगेका दाहाललाई प्रहरीले बेलबारीबाट नियन्त्रणमा लिएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया