काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विदाई भेट गरेका छन्।
भेटमा सभामुख अर्यालले श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै नेपाल-भारत सम्बन्ध सुदृढ बनाउन गरेको योगदानको प्रशंसा गरे। उनले विपद्का बेला भारतले गरेको राहत तथा उद्धार सहयोगप्रति आभार व्यक्त गरे।
भेटमा नेपाल-भारत संसदीय मैत्री समूह तथा अन्तर-संसदीय सहकार्यका विषयमा पनि छलफल भएको थियो। राजदूत श्रीवास्तवले संकटका बेला भारत सधैँ नेपालको साथमा रहने प्रतिबद्धता जनाए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया