असोज ७, २०८३ बुधबार September 23, 2026

पार्टी पुनर्गठनका नाममा केपी ओली हटाउने षड्यन्त्र स्वीकार्य छैन : महेश बस्नेत

नेताहरूको चरित्रहत्या गर्ने प्रवृत्तिविरुद्ध कडा आचारसंहिता बनाएर कारबाही गर्नुपर्ने माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भूराजनीतिक योजना र आन्तरिक घेराबन्दीमार्फत षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।

जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै सचिव बस्नेतले अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको समर्थन गर्दै त्यसलाई सुझावसहित पारित गर्नुपर्ने बताए।

उनले कठिन राजनीतिक परिस्थितिमा पनि अध्यक्ष ओलीले राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा र विकास-समृद्धिको एजेन्डा अघि बढाएको दाबी गरे।

“अध्यक्षमाथि भूराजनीतिक योजनामा जेन्जी आन्दोलनको आडमा भौतिक आक्रमण गरी ज्यान लिने प्रयास गरियो,” बस्नेतले भने, “अहिलेको बालेन सरकार गठन भएको २४ दिन नबित्दै भदौ २३ र २४ को घटनाको दमनको आरोपमा अध्यक्षलाई गिरफ्तार गरी फौजदारी अभियोगमा जेल हाल्ने षड्यन्त्र भइरहेको छ।”

गत फागुनको निर्वाचनमा राज्यको स्रोत-साधनको दुरुपयोग र भूराजनीतिक सेटिङका कारण पार्टीले अप्रत्याशित हार व्यहोरेको उल्लेख गर्दै उनले त्यसयता ११ औँ महाधिवेशनको जनादेशलाई अपमान गर्दै अध्यक्ष हटाउने प्रयास भएको बताए।

पार्टी पुनर्गठन भनेको संगठन सुदृढीकरण, कार्यशैली सुधार र जनसम्बन्ध विस्तार (रिफर्म) भएको स्पष्ट पार्दै उनले यसलाई अध्यक्ष हटाउने पूर्वनिर्धारित उद्देश्यसँग जोड्नु गलत भएको टिप्पणी गरे।

सचिव बस्नेतले पार्टीका आन्तरिक असहमति र विवादलाई सामाजिक सञ्जाल तथा मिडियामा लगेर नेताहरूको चरित्रहत्या गर्ने प्रवृत्तिविरुद्ध कडा आचारसंहिता बनाएर कारबाही गर्नुपर्ने माग गरे।

“पार्टी र नेतृत्वको रक्षा गर्नु पाप र खुइल्याउनु क्रान्ति हो भन्ने गलत धारणा बनाउन खोजिँदैछ,” उनले भने, “विवाद र मतभेदलाई विधिसम्मत संवादबाट समाधान गर्नु नै जनवादी केन्द्रीयता र जबजको मूल भावना हो। महाधिवेशन मात्रै रणनीति र कार्यनीतिमा बहस गर्ने थलो भएकाले केन्द्रीय कमिटीमा विधानविपरीत फरक दस्तावेज ल्याउन पाइँदैन।”

वर्तमान सरकारको चर्को आलोचना गर्दै बस्नेतले बालेन सरकारको मनपरी शासन, असहिष्णु कार्यशैली, महँगी, भ्रष्टाचार र विपद् व्यवस्थापनको लापरवाहीविरुद्ध एमालेले सशक्त जनआन्दोलनको नेतृत्व गर्नुपर्ने बताए।

अदालतमा विचाराधीन पुरानो संसद् पुनःस्थापनामार्फत प्रतिगामी कदम सच्याएर एमालेको हैसियत जोगाउन सकिने उनको तर्क थियो। आगामी स्थानीय तथा प्रदेश सभा निर्वाचनका लागि विचार मिल्ने वामपन्थी दलहरूसँग सहकार्य गर्दै गुमेको जनमत फिर्ता ल्याउनुपर्नेमा उनले जोड दिए।

साथै, भोटेकोशी विपत्तिमा उद्धार र राहतमा खटिएका कार्यकर्ताहरूलाई धन्यवाद दिँदै उनले घोषित १ करोड २० लाख रुपैयाँ पार्टी कोषमा जम्मा गर्ने र ५०० वटा अस्थायी टहरा निर्माण गर्ने प्रतिबद्धता पूरा गर्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Flydubai aircraft lands at Pokhara International Airport
२०८३ असोज ७, बुधबार
भारी वर्षा र हिमपातको जोखिमसँगै असोज ८ र ९ गते विद्यालय बिदा गर्न शिक्षा मन्त्रालयको आग्रह
२०८३ असोज ७, बुधबार
देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
२०८३ असोज ७, बुधबार
राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
२०८३ असोज ७, बुधबार
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा रहेनन्
२०८३ असोज ७, बुधबार
पार्टी पुनर्गठनका नाममा केपी ओली हटाउने षड्यन्त्र स्वीकार्य छैन : महेश बस्नेत
२०८३ असोज ७, बुधबार
कांग्रेसको ५१२ पालिकामा अधिवेशन जारी, २४१ पालिकामा असोज ८ र ९ गते हुदै
२०८३ असोज ७, बुधबार