असोज ७, २०८३ बुधबार September 23, 2026

पार्टीभित्र नयाँ र पुरानोबीचको प्रतिस्पर्धाभन्दा क्षमता र योग्यताका आधारमा प्रतिस्पर्धा हुनुपर्छ : महामन्त्री आचार्य

पार्टीभित्र व्यक्तिको क्षमता, योग्यता र योगदानका आधारमा अवसर तथा जिम्मेवारी निर्धारण गर्ने वातावरण बनाउनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमौली (तनहुँ), ७ असोजः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले पार्टीभित्र नयाँ र पुरानोबीचको प्रतिस्पर्धाभन्दा क्षमता र योग्यताका आधारमा प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ ।

रास्वपा तनहुँले आज आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै महामन्त्री आचार्यले पार्टीमा नयाँ र पुरानो भन्ने आधारमा विभाजन गर्न नहुने बताउनुभयो । “नयाँ–पुरानो भन्ने कुरा रास्वपामा हुँदैन । तनहुँले पनि यही मर्मलाई अगाडि बढाओस्,” उहाँले भन्नुभयो, “तनहुँको पार्टी संरचनामा नयाँ र पुरानोबीच प्रतिस्पर्धाभन्दा पनि को अब्बल छ भन्ने कुराको प्रतिस्पर्धा होस् ।”

उहाँले पार्टीभित्र व्यक्तिको क्षमता, योग्यता र योगदानका आधारमा अवसर तथा जिम्मेवारी निर्धारण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । “कसमा क्षमता बढी छ भन्ने कुरामा प्रतिस्पर्धा होस्,” महामन्त्री आचार्यले भन्नुभयो । बैठकमा जिल्लाको पार्टी सङ्गठन, आगामी कार्यदिशा तथा सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल भएको रास्वपा तनहुँका सभापति विश्वनाथ बास्तोलाले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग
२०८३ असोज ७, बुधबार
बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने
२०८३ असोज ७, बुधबार
मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन प्रमको आग्रह
२०८३ असोज ७, बुधबार
मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट
२०८३ असोज ७, बुधबार
पार्टीभित्र नयाँ र पुरानोबीचको प्रतिस्पर्धाभन्दा क्षमता र योग्यताका आधारमा प्रतिस्पर्धा हुनुपर्छ : महामन्त्री आचार्य
२०८३ असोज ७, बुधबार
सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
२०८३ असोज ७, बुधबार
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५३ जनाको शव फेला
२०८३ असोज ७, बुधबार