असोज ७, २०८३ बुधबार September 23, 2026

मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट

बाढीबाट प्रभावित नागरिकको राहत, संरक्षण तथा पुनःस्थापनालाई थप प्रभावकारी बनाउने विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ७ असोजः महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र अन्तरराष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासङ्घ(आइएफआरसी) का एशिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर म्याथ्युबीच भेटवार्ता भएको छ ।

मन्त्रालयमा आज भएको भेटवार्तामा हालै रसुवा, नुवाकोट तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, संरक्षण तथा पुनःस्थापनालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्री बादीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार विशेषगरी बाढीबाट प्रभावित महिला, बालबालिका तथा अन्य संवेदनशील समूहको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको थियो ।

मन्त्री बादीले विपद्को कठिन समयमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आइएफआरसीले प्रभावित समुदायका लागि गर्दै आएको मानवीय सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विपद्का बेला तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित नागरिकको स्वास्थ्य, सुरक्षा, मनोसामाजिक सहयोग र सुरक्षित पुनःस्थापनालाई पनि समान प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा आश्रय, खाद्य सहयोग, खानेपानी तथा सरसफाइ, स्वास्थ्य तथा मोबाइल स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगलगायतका क्षेत्रमा मानवीय सहायता उपलब्ध गराउँदै आएको छ । भेटमा यस्ता सहयोगलाई अझ व्यवस्थित, समन्वित र आवश्यकता भएका समुदायसम्म प्रभावकारी रूपमा पु¥याउने विषयमा समेत छलफल भएको थियो ।

मन्त्री बादीले विपद्को प्रभाव महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहमा थप गम्भीर पर्न सक्ने भएकाले उनीहरूको विशेष आवश्यकता सम्बोधन हुने गरी संरक्षण तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले सरकार, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी तथा अन्तरराष्ट्रिय मानवीय साझेदारबीचको सहकार्य र समन्वयलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

भेटवार्तामा विपद्को तत्कालीन प्रतिकार्यदेखि प्रभावित नागरिकको पुनःस्थापनासम्म मानवीय सहयोगलाई थप प्रभावकारी बनाउने, संरक्षणको आवश्यकता भएका समूहलाई प्राथमिकतामा राख्ने तथा आगामी दिनमा समेत सरकार र अन्तरराष्ट्रिय मानवीय साझेदारबीच सहकार्यलाई निरन्तरता दिने विषयमा सकारात्मक छलफल भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग
२०८३ असोज ७, बुधबार
बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने
२०८३ असोज ७, बुधबार
मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन प्रमको आग्रह
२०८३ असोज ७, बुधबार
मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट
२०८३ असोज ७, बुधबार
पार्टीभित्र नयाँ र पुरानोबीचको प्रतिस्पर्धाभन्दा क्षमता र योग्यताका आधारमा प्रतिस्पर्धा हुनुपर्छ : महामन्त्री आचार्य
२०८३ असोज ७, बुधबार
सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
२०८३ असोज ७, बुधबार
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५३ जनाको शव फेला
२०८३ असोज ७, बुधबार