असोज ७, २०८३ बुधबार September 23, 2026

कांग्रेसको ५१२ पालिकामा अधिवेशन जारी, २४१ पालिकामा असोज ८ र ९ गते हुदै

पालिका अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा अघि बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर पालिका अधिवेशन प्रक्रिया चलिरहेको छ।

असोज ७ गतेसम्म ५८ जिल्लाका ५१२ पालिकामा उद्घाटन र बन्द सत्रसहित निर्वाचन प्रक्रिया सुरु भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाँकी २४१ पालिकामा असोज ८ र ९ गते पनि अधिवेशन जारी रहने जनाइएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा अघि बढिरहेको बताएका छन्।

यसैबीच, असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानलाई ध्यानमा राखी सम्बन्धित निर्वाचन अधिकृतलाई अधिवेशन सञ्चालन गर्दा मौसमको अवस्थाप्रति सचेत रहन निर्देशन दिइएको छ। पालिका, प्रदेश सभा र प्रतिनिधिसभा अधिवेशनका लागि अनुकूल समय मिलाएर निर्वाचन प्रक्रिया अघि बढाउन समितिले आग्रह गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Flydubai aircraft lands at Pokhara International Airport
२०८३ असोज ७, बुधबार
भारी वर्षा र हिमपातको जोखिमसँगै असोज ८ र ९ गते विद्यालय बिदा गर्न शिक्षा मन्त्रालयको आग्रह
२०८३ असोज ७, बुधबार
देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
२०८३ असोज ७, बुधबार
राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
२०८३ असोज ७, बुधबार
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा रहेनन्
२०८३ असोज ७, बुधबार
पार्टी पुनर्गठनका नाममा केपी ओली हटाउने षड्यन्त्र स्वीकार्य छैन : महेश बस्नेत
२०८३ असोज ७, बुधबार
कांग्रेसको ५१२ पालिकामा अधिवेशन जारी, २४१ पालिकामा असोज ८ र ९ गते हुदै
२०८३ असोज ७, बुधबार