असोज ८, २०८३ बिहिबार September 24, 2026

एमालेको सचिवालय बैठक आज बस्दै

निर्वाचन समीक्षा प्रतिवेदनका सुझावबमोजिम केही पार्टी कमिटी, जनसंगठनका विषयमा पनि बैठकमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । केन्द्रीय कमिटीको तेस्रो बैठककै बीचमा एमालेको सचिवालय बैठक अहिले बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ ।

बैठक सकिएपछि दिउँसो १२ः३० देखि बस्ने गरी केन्द्रीय कमिटीको बैठक शुरू हुने भएको छ ।

प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार नेताहरूको कार्यविभाजन प्रस्ताव सचिवालयबाट पारित गरिने र केन्द्रीय कमिटीमा पेश गर्ने प्रयोजनका लागि सचिवालय बैठक बस्न लागेको हो ।

एमालेको ११ औं महाधिवेशनपछि केन्द्रीय कमिटीको कार्यविभाजन हुन सकेको थिएन ।

सचिवालय बैठकले स्थायी कमिटी, पोलिट्ब्यूरो सदस्य टुंगो लगाउँदैछ । त्यससँगै विभिन्न विभागलाई पूर्णता दिने, विभिन्न भौगोलिक तथा गैरभौगोलिक कमिटीमा सहइञ्चार्जहरु तोक्ने बैठकको कार्यसूची छ ।

निर्वाचन समीक्षा प्रतिवेदनका सुझावबमोजिम केही पार्टी कमिटी, जनसंगठनका विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया