असोज ८, २०८३ बिहिबार September 24, 2026

जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

पाइलटले तत्कालै इन्जिन बन्द गरेका कारण आगलागी हुनबाट जोगिएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना भएको छ ।

नेपालगंजबाट उडेको जहाज विहान ८:२५ मा ल्याण्ड हुने क्रममा धावनमार्ग (रनवे) मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

प्रवक्ता प्रहरी निरीक्षक पदम रावलकाअनुसार सीता एयरको ९एन-एजे जहाज अवतरणका क्रममा रनवेमा पछाडि दाहिने पट्टीफो चक्का बाहिर निस्केको थियो । ‘अहिले जहाज रनवेमै छ । मानवीय र अन्य क्षति भएको छैन,’ उनले सिधाकुरासँग भने ।

प्रहरीकाअनुसार चक्का खुस्किएर जहाज केही पर उछिट्टिएको थियो । पाइलटले तत्कालै इन्जिन बन्द गरेका कारण आगलागी हुनबाट जोगिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया