काठमाडौं । जनमत पार्टीको महाधिवेशन मिति सरेको छ। मौसम प्रतिकूलताका कारण असोज ८-१२ देखि पर्साको वीरगञ्जमा हुने तय भएको महाधिवेशन असोज १७ गतेसम्मका लागि सारिएको जनमतका सचिवालय प्रमुख राजेशकुमार मण्डलले जानकारी दिए।
त्यस्तै जनमतले पार्टी महाधिवेशनको अन्य पूरा भएका सबै प्रक्रियाहरू भने यथावत रहने बताएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया