असोज १५, २०८३ बिहिबार October 1, 2026

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता

नेपालको पुनर्निर्माण तथा पुनःस्थापनामा अस्ट्रेलियाको निरन्तर साझेदारीको अपेक्षा व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले भेटवार्ता गरेका छन् । राजदूत अर्न्स्टले आज परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा मन्त्री खनालले विनाशकारी बाढीपछि नेपाललाई निरन्तर साथ, ऐक्यबद्धता र सहयोग प्रदान गरेकोमा अस्ट्रेलिया सरकारप्रति आभार व्यक्त गरेका थिए । उनले नेपालको पुनर्निर्माण तथा पुनःस्थापनामा अस्ट्रेलियाको निरन्तर साझेदारीको अपेक्षा व्यक्त गर्दै क्षति तथा नोक्सानीसम्बन्धी वित्तीय सहयोगमा पहुँचका लागि समेत सहकार्य गर्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

राजदूत अर्न्स्टले नेपाललाई विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणमा सहयोग जारी राख्ने अस्ट्रेलियाको प्रतिबद्धता दोहोर्‍याउदै विपद् प्रतिरोधी क्षमता बढाउन व्यावहारिक सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

भेटका क्रममा नेपाल-अस्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो । अस्ट्रेलिया सरकारले प्रदान गर्दै आएको अस्ट्रेलिया अवार्ड छात्रवृत्ति तथा दुई देशका जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि राजदूत अर्न्स्टले प्रतिबद्धता जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार
सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन
२०८३ असोज १५, बिहिबार
Chief Election Commissioner Submits Annual Report to President Paudel
२०८३ असोज १५, बिहिबार